नेपाली निर्यातकर्तालाई चिनियाँ भन्सार र क्वारेन्टिनमा सहजीकरण गर्न मन्त्री भण्डारीको आग्रह

बिजमाण्डू
२०८१ बैशाख १८ गते ११:४२ | Apr 30, 2024
नेपाली निर्यातकर्तालाई चिनियाँ भन्सार र क्वारेन्टिनमा सहजीकरण गर्न मन्त्री भण्डारीको आग्रह
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी तिब्बत जनसरकारका उपाध्यक्ष लाङ फुकुआनसँग

काठमाडौं। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाली निर्यातकर्तालाई चिनियाँ भन्सार र क्वारेन्टिनमा सहजीकरण गरिदिन चीनको स्वशासित क्षेत्र तिब्बत जनसरकारका उपाध्यक्ष लाङ फुकुआनसँग आग्रह गरेका छन्।

Tata
GBIME
Nepal Life

उनले मंगलबार बिहान मन्त्रालयमा पुगेका फुकुआनसँगको वार्तामा भन्सार र क्वारेन्टिनमा नेपाली व्यवसायीले झन्झट बेहोर्नुपरेको भन्दै सहजीकरण गरिदिन आग्रह गरेका हुन्।

‘नेपालसँग सीमा जोडिएको चीनको सिजाङका प्रमुख भन्सार विन्दुमा चीनले जाँच गर्ने प्रयोगशालाको सुविधा उपलब्ध गराए नेपाली वस्तुको चिनियाँ बजारमा पहुँच विस्तार हुने हाम्रो विश्वास छ,’ मन्त्री भण्डारीलाई उद्यृत गर्दै उनको सचिवालयले जनाएको छ।

तिब्बत जनसरकारका उपाध्यक्ष फुकुआनले यी विषय समाधानका लागि प्रयास गर्ने जवाफ दिएका थिए।