प्रभु बैंकमा आए २ नयाँ सञ्चालक, संस्थापक र सर्वसाधारण सेयरधनीबाट को-को नियुक्त?

बिजमाण्डू
२०८१ बैशाख १८ गते १०:५६ | Apr 30, 2024
प्रभु बैंकमा आए २ नयाँ सञ्चालक, संस्थापक र सर्वसाधारण सेयरधनीबाट को-को नियुक्त?

काठमाडौं। प्रभु बैंकको सञ्चालक पदमा किशोरजंग कार्की र भावना बलायर नियुक्त भएका छन्।

Tata
GBIME
Nepal Life

बैंकको सञ्चालक समितिको सोमबार बसेको बैठकले संस्थापक सेयरधनीको समूहबाट कार्की र सर्वसाधारण समूहबाट बलायरलाई सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो।

बैंकले काठमाडौंको विशालनगर बस्ने कार्की र ललितपुरको खुमलटार बस्ने बलायरलाई सञ्चालक नियुक्ति गरिएको जानकारी नेपाल स्टक एक्सचेन्जलाई गराएको छ।