पोखरा स्पोर्ट्स अवार्ड : चार विधामा मनोनयन सार्वजनिक, वर्ष खेलाडीलाई इलेक्ट्रिक स्कुटर

बिजमाण्डू
२०८१ बैशाख १७ गते १८:१३ | Apr 29, 2024
पोखरा स्पोर्ट्स अवार्ड : चार विधामा मनोनयन सार्वजनिक, वर्ष खेलाडीलाई इलेक्ट्रिक स्कुटर

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले वर्षेनी गर्दै आएको पोखरा स्पोर्ट्स अवार्डको आठौं संस्करण यही वैशाख २८ गते पोखरा सभागृहमा हुने भएको छ।

Tata
GBIME
Nepal Life

मञ्चले स्पोर्टस् अवार्डअन्तर्गत चार विधामा मनोनयन सार्वजनिक गरेको छ। विगत एक वर्षमा खेलकुदमा गरेको प्रदर्शनका आधारमा खेलाडी हरेक विधामा तीन जनाका दरले मनोनयन सार्वजनिक गरिएको हो।

यसवर्ष खेलाडी पुरुष विधामा क्रिकेटका अर्जुन कुमाल, टेनिसका प्रदीप खड्का र भलिबलका हिमाल सुनारी मनोनयनमा परेका छन्।

यसैगरी वर्ष खेलाडी महिलामा आर्चरीकी अनुस्का शेरचन, भलिबलकी अरुणा शाही र आइटिएफ तेक्वान्दोकी सुस्मिता थापामगर छन्।

१७ वर्ष मुनिका खेलाडीबीच प्रतिष्पर्धा हुने उदियमान खेलाडी विधामा क्रिकेटकी ज्योत्सनिका मरासिनी, ब्याडमिण्टनकी दिलासा राना र एथलेटिक्सका बादल कार्की मनोनयनमा परेका छन्।

उत्कृष्ट प्रशिक्षक विधामा टेनिसका नीरज थापा, भलिबलका रमेश केसी र क्रिकेटका रिजन प्रजु पर्न सफल भएको नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालले जानकारी दिए।

उनका अनुसार स्पोर्ट्स अवार्डमा सात विधामा अवार्ड प्रदान गरिनेछ । बाँकी विधाहरु ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’, वर्ष उत्कृष्ट खेल संघ वा क्लब र पत्रकारिता अवार्डको घोषणा पछि सार्वजनिक गरिने मञ्चले जनाएको छ।

वर्ष खेलाडी पुरुष र महिलाले इलेक्ट्रिक स्कुटर र ट्रफी पुरस्कार पाउनेछन्।  लाइफटाइम अचिभमेन्ट अवार्ड प्राप्त गर्नेलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लाले सम्मान गरिनेछ।

यस्तै, वर्ष उत्कृष्ट उदियमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेल पत्रकार र वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लबतर्फका विजेताले जनही नगद ३५ हजार रुपैयाँ सहित ट्रफी पाउने मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए।