नेपालमा लगानी गर्ने भारतीय लगानीकर्ताका लागि ‘ह्यान्डबुक’ सार्वजनिक, के के समेटिएको छ ?

बिजमाण्डू
२०८१ बैशाख १७ गते १४:३६ | Apr 29, 2024
नेपालमा लगानी गर्ने भारतीय लगानीकर्ताका लागि ‘ह्यान्डबुक’ सार्वजनिक, के के समेटिएको छ ?

काठमाडौं। नेपालमा लगानी गर्ने भारतीय लगानीकर्ताका लागि ह्यान्डबुक सार्वजनिक भएको छ। लगानी सम्मेलनका क्रममा अर्थमन्त्री वर्षमान पुनले सो पुस्तिका सार्वजनिक गरेका हुन्।

Tata
GBIME
Nepal Life

नेपाल-भारत चेम्बर अफ कमर्सले तयार पारेको किताब तयार पार्न नेपालस्थित भारतीय दूतावासले सघाएको हो।

ह्यान्डबुकमा नेपालमा व्यापारको अवस्था, वैदेशिक लगानीको अवस्था र नियमन, उद्योग दर्ता र संचालन, भूमि कानुन, जनशक्ति, आयात निर्यात, औद्योगिक क्षेत्र, कर प्रणाली, ऊर्जा क्षेत्र लगायतका बारेमा विस्तृत विवरणहरु उल्लेख छन्।

लगानी सम्मेलनमा करिब २१ वटा ब्यान्डका प्रतिनिधिसँगै उद्योगी व्यवसायी काठमाडौं आएका छन्।

भारतीय दूतावासले सार्वजनिक गरेको ‘ह्यान्डबुक’