सार्वजनिक भएको दिनमा नै ५० वटा नयाँ केटीएम ३९० डुक जेन-थ्रीको डेलिभरी



बिजमाण्डू
२०८१ जेठ २ गते ०८:१२ | May 15, 2024
सार्वजनिक भएको दिनमा नै ५० वटा नयाँ केटीएम ३९० डुक जेन-थ्रीको डेलिभरी

काठमाडौं। नेपाली बजारमा बहुप्रतिक्षित २०२४ केटीएम ३९० डुक जेन-थ्री भित्रिएको छ। मंगलबार नारायण चौरस्थित बाइकर्स क्याफेमा एक विशेष कार्यक्रमका बीच यो मोटरसाइकल सार्वजनिक गरिएको हो।

Tata
GBIME
Zonsen

नयाँ २०२४ केटीएम ३९० डुक जेन थ्रीको नेपाली बजारमा मूल्य ८ लाख ९९ हजार ९०० रहेको छ जुन पुरानो केटीएम ३९० डुकको भन्दा कम मूल्य हो

केटीएम ३९० डुक खरिद गर्न इच्छुक ग्राहकहरूका लागि यो उचित समय भएको कम्पनीले बताएको छ। २०२४ केटीएम ३९० डुक जेन थ्री पावर, स्टाइल र इनोभेसनमा नयाँ बेञ्चमार्क स्थापना गर्दै नयाँ अपग्रेड र उत्कृष्ट फिचर्सहरूको साथ नेपाली बजारमा प्रवेश गरेको कम्पनीको दाबी छ।

२०२४ केटीएम ३९० डुक जेन थ्रीमा अपग्रेडेड ३९९ सीसी सिङ्गल सिलिन्डर लिक्वीड कुल्ड इन्जिन रहेको छ। जसले ८५०० आरपीएममा उच्चतम ४६ पीएसको पावर र ६५०० आरपीएममा उच्चतम ३९ एनएमको टर्क जेनेरेट गर्दछ। यसमा ६ स्पीड गियर बक्सको साथै स्लिपर क्लच र क्विक सिफ्टर रहेको छ जसले गर्दा बिना कठिनाई गियर बदल्न मद्दत मिल्नेछ।

विगतका मोडलहरूको तुलनामा नयाँ केटीएम ३९० डुक जेन थ्रीमा ठूलो फ्युल ट्याङ्क श्राउड, स्प्लीट सिट, स्टिल ट्रेलिस फ्रेम, डाइ-काष्ट आल्मुनियम सबफ्रेम, एडजस्टेबल सिट हाइट, तीन वटा राइडिङ मोड (स्ट्रिट, रेन र ट्रयाक), लञ्च कन्ट्रोल, स्मार्टफोन कनेक्सन र टर्न-बाइ-टर्न नेभिगेसनसहितको ५ इन्चको टीएफटी इन्स्ट्रुमेन्ट क्लस्टर, ४३ एमएमको अपसाइड-डाउन फर्कस् र अफसेट मोनो-शक, डुअल च्यानल एबीएस, कर्नरिङ एबीएस र सुपर मोटो एबीएस जस्ता विशेषताहरू समावेश गरिएको छ।

हन्सराज हुलासचन्द एण्ड कम्पनी प्रालिका सहायक महाप्रबन्धक विजय श्रेष्ठ भन्छन्, ‘नयाँ जेनेरेशनको केटीएम ३९० डुक नेपाली बजारमा सार्वजनिक भएसँगै नेपालका मोटरसाइकल पारखीहरुका लागि नयाँ अनुभव प्रदान गर्ने लक्ष्य राखेका छौं। केटीएमको नेपालमा एक दशक लामो उपस्थितिको उत्साहका साथ नेपाली बजारमा केटीएम ३९० डुक जेन-थ्री मात्र ८ लाख ९९ हजार ९०० रुपैयाँमा उपलब्ध गाराएका छौँ। शुभारम्भको दिन नै ग्राहकले ५० वटा बाइक बुक गरेका थिए जुन दिनको मुख्य आकर्षण थियो।’

इच्छुक ग्राहकहरूले नेपालभरिका सबै आधिकारिक केटीएम शोरुमबाट खरिद गर्न सक्ने बताइएको छ। जेन-थ्री केटीएम ३९० डुकका प्री-बुकर्सले ३० हजार ९९९ रुपैयाँको एरोह हेलमेट पनि पाउने कम्पनीले बताएको छ।