टस जितेर ब्याटिङमा वेस्ट इण्डिज ‘ए’, नेपाली टोलीमा पाँच परिवर्तन

बिजमाण्डू
२०८१ बैशाख १६ गते १२:१२ | Apr 28, 2024
टस जितेर ब्याटिङमा वेस्ट इण्डिज ‘ए’, नेपाली टोलीमा पाँच परिवर्तन
टसका क्रममा कप्तान रोहितकुमार पौडेल र रोस्टन चेज। फाइल फोटो क्यान

काठमाडौं। वेस्ट इण्डिज ‘ए’ ले नेपालविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ। पाँच खेलको टी-२० सिरिज अन्तर्गत दोस्रो खेलमा वेस्ट इण्डिज ‘ए’ का कप्तान रोस्टन चेजले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय गरेका हुन्।

Tata
GBIME
Nepal Life

शनिबार सिरिजको पहिलो खेलमा ५ विकेटको जित निकालेको नेपाल आज पनि लयलाई निरन्तरता दिने सुरमा छ। त्यस्तै पहिला पटक नेपाल भ्रमणमा आएको वेस्ट इण्डिजको टोली पुनरागमन गर्ने पक्षमा छ।

शनिबार खेलेको नेपाली टोलीमा आज चार परिवर्तन गरिएको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आज हुने खेलमा विवेक यादव र प्रतिश जिसीको स्थान लोकेश बम र करण केसीले लिएका छन्। त्यस्तै ललितनारायण राजवंशी, कमलसिंह ऐरी र अभिनास बोहराको स्थान सागर ढकाल, आरिफ शेख र आकाश चन्दले लिएका छन्।

नेपालको प्लेइङ ११

रोहितकुमार पौडेल (कप्तान), अनिलकुमार साह, लोकेश बहादुर बम, मोहम्मद आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुल्सन झा, सोमपाल कामी, सागर ढकाल, आकाश चन्द, कुशल भुर्तेल