सुनको कारोबार मूल्य तोलामा ४ सय बढ्यो, चाँदीमा १५ रुपैयाँको गिरावट  

बिजमाण्डू
२०८१ बैशाख १६ गते ११:४६ | Apr 28, 2024
सुनको कारोबार मूल्य तोलामा ४ सय बढ्यो, चाँदीमा १५ रुपैयाँको गिरावट  

काठमाडौं। साताको पहिलो दिन सुन तोलामा ४ सय बढेको छ भने चाँदी १५ रुपैयाँ घटेको छ। आइतबार सुनको कारोबार मूल्य प्रति तोला १ लाख ३७ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Tata
GBIME
Nepal Life

गत शुक्रबार तोलाको १ लाख ३७ हजार २ सय रुपैयाँ थियो भने बिहीबार १ लाख ३५ हजार ८ सय थियो।

चाँदी प्रति तोला १६ सय ६० रुपैयाँ भएको छ। गत शुक्रबार १६ सय ७५ रुपैयाँ थियो भने बिहिबार १६ सय ५५ थियो।

अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रति औंस २३३७.९३ डलरले कारोबार भइरहेको छ। यो एकै दिनमा ७.२९ डलरले बढोत्तरी भएको हो। ३० दिनमा सुन प्रति औंस ४.३१ प्रतिशतले बढेको छ। चाँदी प्रति औंस २७.१८ डलर छ।