भोलि नवीकरणीय ऊर्जा र नवप्रवर्तनीय आर्थिक परिदृश्यबारे छलफल, ओलीको सम्बोधन

बिजमाण्डू
२०८१ बैशाख १६ गते ११:४३ | Apr 28, 2024
भोलि नवीकरणीय ऊर्जा र नवप्रवर्तनीय आर्थिक परिदृश्यबारे छलफल, ओलीको सम्बोधन

काठामडौं । तेस्रो लगानी सम्मेलन काठमाडौंमा जारी छ। आज देखि सुरु भएको सम्मेलनको समापन भोलि हुनेछ।

Tata
GBIME
Nepal Life

पहिलो दिन आज केही महत्वपूर्ण परियोजनाको सहमति पत्रमा हस्तक्षार र लगानी घोषणा हुने कार्यक्रम रहेको छ। सम्मेलनको विषयगत छलफल सत्रका क्रममा ‘नेपालमा लगानीका अवसरहरु’, ‘नेपालमा लगानीका सफलताका कथा’, ‘आशयपत्रका लागि परियोजनाहरुको प्रस्तुति (सोकेसिङ)’ गर्ने कार्यक्रम छ।

सम्मेलनको दोस्रो दिन अर्थमन्त्री पुनले विकास साझेदारका प्रतिनिधिसँग छलफल गर्नेछन्। भोलिको पहिलो सत्रमा ‘नेपालमा नवीकरणीय ऊर्जाको सम्भावना’ विषयका छलफल हुनेछ। सो सत्रमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेत, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान)का अध्यक्ष गणेश कार्कीलगायत वक्ता छन्।

यस्तै, ‘नवप्रवर्तनीय आर्थिक परिदृश्य’ विषयक सत्रमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, ‘नेपालमा हरित र जलवायु अनुकूलन व्यवसायमा लगानीका अवसर’ विषयक सत्रमा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, ‘यातायात पूर्वधार सुधार’ विषयक सत्रमा उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, राष्ट्रिय योजना आयोका सदस्य प्राडा सङ्गीता सिंह, काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापा र प्राध्यापक डा सुरेशराज आचार्यलगायत वक्ता रहेका छन्।

सम्मेलनमा समानान्तर बहस सत्र पनि संचालन हुनेछन्। समापन सत्रमा सत्तारुढ नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलेसम्बोधन गर्नुहुने छ भने समापन मन्तव्य अर्थमन्त्री पुनले दिने कार्यक्रम छ।