इलाम-२ र बझाङ १(क) मा कसको हुन्छ जित ? आजबाट सुरु हुनेछ मतगणना

बिजमाण्डू
२०८१ बैशाख १६ गते ०६:५९ | Apr 28, 2024
इलाम-२ र बझाङ १(क) मा कसको हुन्छ जित ? आजबाट सुरु हुनेछ मतगणना
इलाम क्षेत्र नं २ मा भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतपेटिका संकलन गरिँदै। तस्बिर : रामकुमार लिम्बू/रासस

काठमाडौं । शनिबार सम्पन्न उपनिर्वाचनको मतगणना आजदेखि हुनेछ। उपनिर्वाचन अन्तर्गत हिजो इलाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ र बझाङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ (क) मा मतदान भएको थियो।

Tata
GBIME
Nepal Life

आयोगले दुवै क्षेत्रमा शान्तिपूर्ण र उत्साहजनकरुपमा निर्वाचन सम्पन्न भएको जनाएको छ। आयोगका अनुसार हाल मतदानको विवरण आयोगको सूचना प्रणलीमा प्रविष्ट हुने क्रम जारी नै छ। यस्तै, मतदानस्थलबाट मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका ढुवानी भइरहेको छ।

आयोगका अनुसार इलाममा करिब ५८ प्रतिशत र बझाङमा करिब ५० प्रतिशत मतदान भएको छ।

इलामको ७९ मतदानस्थलका १४९ मतदान केन्द्रबाट संकलन गरिएको मतपेटिका गौतम बुद्ध सभागृह(सिटी हल)मा भण्डार गरिएको छ ।

मतपेटिका मतगणना स्थलमा ल्याइसकेपछि लगत्तै प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन (मतगणना) निर्देशिका, २०७९ र मतगणनासम्बन्धी आयोगबाट भएको निर्देशन बमोजिम मतगणना प्रारम्भ गरिने आयोगले जनाएको छ।