सकियो कतारका अमिर थानीको एसिया यात्रा, दिवा भोज पछि स्वदेश फर्किए

बिजमाण्डू
२०८१ बैशाख १२ गते १४:२५ | Apr 24, 2024
सकियो कतारका अमिर थानीको एसिया यात्रा, दिवा भोज पछि स्वदेश फर्किए

काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी स्वदेश फर्किएका छन्। राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाललगायतले थानीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गरेका हुन्।

Tata
GBIME
Nepal Life

मंगलबार बंगलादेश हुँदै थानी नेपालको दुई दिने भ्रमणका लागि काठमाडौं आइपुगेका थिए। थानी ३ एसियाली देशको भ्रमणमा निस्किएका थिए। सुरुमा फिलिपिन्स पुगेका उनी बंगलादेश हुँदै नेपाल आएका हुन्।

मंगलबार भने राष्ट्रपति पौडेलले अमिर थानीको सम्मानमा होटल सोल्टीमा रात्रिभोज आयोजना गरेका थिए। उक्त अवसरमा थानीले नेपाली श्रमिकलाई आकर्षक क्षेत्रको अवसर आउने बताएका थिए।

बुधबार थानी र प्रधानमन्त्री दाहाल नेतृत्वक प्रतिनिधिमण्डलबीच छलफल भएको थियो। त्यसक्रममा नेपाल र कतारबीच विभिन्न ८ विषयमा सहकार्य गर्ने समझदारी भएको छ।

समझदारीपछि प्रधानमन्त्री दाहालले होटल द्वारिकामा दिवा भोज आयोजना गरेका थिए। दिवा भोज पछि थानी विमानस्थलका लागि निस्किएका थिए।

पश्चिम एसियाबाट नेपाल आउने थानी हालसम्मकै विशिष्ट पाहुना हुन्।