एकै खेलमा दुई शतक : चौथो स्थानमा उक्लिन लखनउद्वारा चेन्नइमाथि रोमाञ्चक जित

बिजमाण्डू
२०८१ बैशाख १२ गते ०७:०२ | Apr 24, 2024
एकै खेलमा दुई शतक : चौथो स्थानमा उक्लिन लखनउद्वारा चेन्नइमाथि रोमाञ्चक जित
सेलिब्रेसनमा लखनउका ब्याटर। तस्बिर: आईपीएल

इण्डियन प्रिमियर लिग (आईपीएल)मा गएराति सम्पन्‍न खेलमा लखनउ सुपर जायन्टले चेन्नइ सुपर किंग्सलाई हराएको छ। चेन्नइस्थित एमए चिदम्बरम स्टेडियममा सम्पन्‍न खेलमा लखउन ६ विकेटले विजयी भएको हो।

Tata
GBIME
Nepal Life

टस हारेर ब्यटिङमा उत्रिएको चेन्नइले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २१० रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको लखनउले १९.३ ओभरमा ४ विकेट नै गुमाएर लक्ष्य भेट्टायो।

पहिले ब्याटिङ गरेको चेन्नइका लागि कप्तान रुतुराज गाइक्वड ६० बलमा अविजित १०८ रहँदा शिवम दुबेले ६६ रन बनाए। त्यस्तै रवीन्द्र जडेजाले १६, ड्रायल मिचेलले ११ तथा महेन्द्रसिंह धोनीले अविजित ४ रन बनाए।

बलिङतर्फ लखनउका म्याट हेन्री, मोहसीन खान र यश ठाकुरले समान १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको लखनउलाई सहजै लक्ष्यसम्म पुर्‍याउन मार्कस स्टोइनिसले शतकीय इनिङ्स खेल। पहिलो ओभरमै ओपनर क्विन्टन डिककलाई हराएको लखनउको इनिङ्स सम्हालेका स्टोइनिसले ६३ बलमा अविजित १२४ रन बनाउँदा निकोलसन पुरनले ३४, केएल राहुलले १६, देवदत्त पार्डिकलले १३ तथा दीपक होडाले अविजित १७ रन बनाए।

बलिङतर्फ चेन्नइका मथिसा पथिरानाले २ विकेट लिँदा दीपक चहर र मुस्तफिजुर रहमानले समान १ विकेट लिए।

योसँगै ८ खेलमा पाँचौँ जित निकाल्दै लखनउ तालिकाको चौथो स्थानमा उक्लिएको छ भने समान खेलबाट ८ अंक बनाएको चेन्नइ तालिकाको पाँचौँ स्थानमा छ।

आज साँझ पौने ८ बजे दिल्ली क्यापिटल्स र गुजरात टाइटन्स दिल्लीमा भिड्दैछन्।