एसबिआई बैंकको २ लाख कित्ता ऋणपत्र परिपक्व, नेप्सेले गर्‍यो सूचीकरण खारेज

बिजमाण्डू
२०८१ बैशाख ६ गते १८:३३ | Apr 18, 2024
एसबिआई बैंकको २ लाख कित्ता ऋणपत्र परिपक्व, नेप्सेले गर्‍यो सूचीकरण खारेज

काठमाडौं। नेपाल एसबिआई बैंकको १० वर्षे ऋणपत्र परिपक्व भएको छ। वार्षिक ७.९ प्रतिशत ब्याजदरको नेपाल एसबिआई बैंक ऋणपत्र २०८० बिहिबार परिपक्व भएको हो।

Tata
GBIME
Nepal Life

ऋणपत्र परिपक्व भएसँगै नेपाल स्टक एक्सचेन्जले बैंकको निवेदनका आधारमा सूचीकरण बिहिबार खारेज गरेको छ। प्रति डिवेन्चर १,००० रुपैयाँ दरको २ लाख कित्ता ऋणपत्रको सूचीकरण खारेज गरेको नेप्सेले जनाएको छ।

बैंकले गत चैत २८ को निवेदन दिएको थियो।