गुजरातले दिएको ९० रनको लक्ष्य भेट्न दिल्लीको गुम्यो ४ विकेट, सातौँ खेलबाट तेस्रो जित

बिजमाण्डू
२०८१ बैशाख ६ गते ०७:०५ | Apr 18, 2024
गुजरातले दिएको ९० रनको लक्ष्य भेट्न दिल्लीको गुम्यो ४ विकेट, सातौँ खेलबाट तेस्रो जित
गुजरात बिरुद्ध बलिङमा दिल्ली क्यापिल्टस। तस्बिर: आईपीएल

इण्डियन प्रिमियर लिग (आईपीएल)को जारी संस्करणकै सानो स्कोर गुजरातले बनाएको छ। अहमदाबादमा गएराति सम्पन्‍न खेलमा घरेलु टोली गुजरातले ८९ रनको झिनो स्कोर बनाएको हो।

Tata
GBIME
Nepal Life

टस हारेर ब्याटिङमा उत्रिएको गुजरातले १७.३ ओभरमा अलआउट हुँदै ८९ रनमा समेटियो। यसक्रममा राशिद खानले सर्वाधिक ३१ रन बनाउँदा साइ सुदर्शनले १२ तथा राहुल तेवातियाले १० रन बनाए। त्यसबाहेकका ब्याटरले दोहोरो अंकको रन जोड्न सकेनन्।

गुजरातको ब्याटिङ धराशायी बनाउन दिल्लीका मुकेश कुमारले ३ विकेट लिँदा इशान्त शर्मा र त्रिस्टन स्टुब्सले समान २ विकेट लिए। त्यस्तै खलिल अहमद र अक्षर पटेलले समान १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको दिल्लीले ८.५ ओभरमा ४ विकेट गुमाएर लक्ष्य भेट्टायो। दिल्लीका लागि जेक फ्रासेरले सर्वाधिक २० रन बनाउँदा साइ होपले १९ तथा अभिसेक पोरेलले १५ रन बनाए। त्यस्तै कप्तान ऋषभ पन्त १६ रनमा अविजित रहे।

बलिङतर्फ सन्दीप वारियरले २ विकेट लिँदा स्पेन्सर जोन्सन र राशिद खानले समान १ विकेट लिए।

जितसँगै ७ खेल खेल्दा ३ वटामा जित निकालेको दिल्ली ६ अंक जोड्दै तालिकाको छैटौँ स्थानमा उक्लिएको छ। समान अंक बनाएको गुजरात सातौँ स्थानमा छ। आज आईपीएलमा पञ्‍जाब किंग्स र मुम्बई इण्डियन्स साँझ पौने ८ बजे भिड्नेछन्।