सुनचाँदी बजारः उच्च मूल्यमा सुन स्थिर, चाँदीमा प्रति तोला ३५ रुपैयाँ गिरावट

बिजमाण्डू
२०८१ बैशाख ५ गते १०:५७ | Apr 17, 2024
सुनचाँदी बजारः उच्च मूल्यमा सुन स्थिर, चाँदीमा प्रति तोला ३५ रुपैयाँ गिरावट

काठमाडौं। दोहोरो अंकको बढोत्तरीसँगै तोलाको १ लाख ३९ हजार २ सय रुपैयाँ पुगेको सुनको कारोबार मूल्य बुधबार स्थिर छ। सोमबार तोलामा ७ सय बढेको सुन मंगलबार १ हजार ७ सय रुपैयाँ बढ्दा उक्त मूल्यमा आइपुगेको हो।

Tata
GBIME
Nepal Life

साताको दोस्रो दिन तोलाको १ लाख ३७ हजार ५ सय रुपैयाँ थियो। गत शुक्रबारका तुलनामा २ हजार २ सय रुपैयाँ घट्दा आइतबार कारोबार मूल्य तोलाको १ लाख ३६ हजार ८ सय रुपैयाँ भएको थियो।  

चाँदी घटेर गत सोमबारको कारोबार मूल्यमा फर्किएको छ। बुधबार चाँदी प्रति तोला १७ सय १५ रुपैयाँ भएको छ। अघिल्लो दिनका तुलनामा ३५ रुपैयाँ बढ्दा मंगलबार तोलाको १७ सय ५० रुपैयाँ पुगेको थियो। त्यसअघि सोमबार तोलाको १७ सय १५ रुपैयाँ थियो।    

अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रति औंस २३८१.९१ डलरले कारोबार भइरहेको छ। मंगलबार प्रति औंस २३८८.३२ डलर पुगेको थियो। सोमबार २३५५.९९ र आइतबार २३४४.५३ डलरले कारोबार भएको थियो।    

चाँदी प्रति औंस २८.२१ डलर छ। मंगलबार २८.८५ डलरले कारोबार भएको थियो। सोमबार २८.२१ र आइतबार २७.९४ डलर थियो।