हिरोका बाइक र स्कुटर आगामी आइतबारदेखि नेपालमा नयाँ कम्पनीले बेच्दै

बिजमाण्डू
२०८१ बैशाख ५ गते ०९:०८ | Apr 17, 2024
हिरोका बाइक र स्कुटर आगामी आइतबारदेखि नेपालमा नयाँ कम्पनीले बेच्दै

काठमाडौं। नेपालका लागि फेरिएका बिक्रेताले हिरोका बाइक तथा स्कुटरहरूको औपचारिक बिक्री आगामी आइतबारदेखि सुरु गर्ने भएका छन्। हिरोका दुई पांग्रे सवारीको नेपालका लागि नयाँ आधिकारिक बिक्रेताको जिम्मेवारी चौधरी ग्रुपले पाएको छ।

Tata
GBIME
Nepal Life

यसअघिको हिरोको आधिकारिक बिक्रेता एनजीएम थियो। हिरो मोटोकर्प र एनजीएमबीच कुरा नमिलेपछि उत्पादक कम्पनीले चौधरी ग्रुप अन्तर्गतको सीजी मोटर्सलाई आधिकारिक बिक्रेता नियुक्त गरेको हो। उत्पादक र अघिल्ला बिक्रेताबीचको विवादले हिरोका बाइक तथा स्कुटरहरूको बिक्री नेपाली बजारमा करिब एक वर्षदेखि प्रभावित छ।

अब भने नयाँ बिक्रेता बनेसँगै सीजी मोटर्सले आगामी आइतबारदेखि उक्त बाइकहरू बजारमा ल्याउन लागेको हो। कम्पनीले नेपालमा नै एसेम्बल प्लान्ट खोलेर हिरोका बाइकहरू बिक्री गर्न लागेको छ। कम्पनीले नयाँ स्कुटर जुम पनि बजारमा भित्र्याउने योजना बनाएको छ। यसले डिओलाई सिधा प्रतिष्पर्धा गर्ने अनुमान गरिएको छ।

यस्तै कम्पनीले हिरोको एक्सपल्स २०० फोरभी, सुपर स्प्लेन्डर अन्य केही मोडलहरू पनि एकैसाथ ल्याउने तयारी गरेको छ। कम्पनीले पुरानो आधिकारिक बिक्रेतालेभन्दा केही फरक मूल्य राखेर हिरोको बाइक तथा स्कुटर बिक्री सुरु गर्नेछ।