सुन तोलामा २ हजार २ सय घट्यो, चाँदीको कारोबार मूल्यमा पनि गिरावट

बिजमाण्डू
२०८१ बैशाख २ गते ११:०८ | Apr 14, 2024
सुन तोलामा २ हजार २ सय घट्यो, चाँदीको कारोबार मूल्यमा पनि गिरावट

काठमाडौं। कारोबार मूल्य लगातार बढेर कीर्तिमान बनाइरहेको सुनचाँदी आइतबार केही घटेको छ। सुन तोलामा २ हजार २ सय रुपैयाँ घटेको छ भने चाँदी ५० रुपैयाँ घटेको छ। आइतबार सुनको कारोबार मूल्य प्रति तोला १ लाख ३६ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Tata
GBIME
Nepal Life

गत शुक्रबार तोलाको १ लाख ३९ हजार रुपैयाँ पुगेको थियो। बिहीबारका तुलनामा शुक्रबार २ हजार ४ सय बढेर कारोबार मूल्य कायम भएको थियो।

अघिल्लो दिनका तुलनामा २ सय रुपैयाँ घट्दा गत बिहीबार भने प्रति तोला १ लाख ३६ हजार ६ सय रुपैयाँ भएको थियो। बुधबार कारोबार मूल्य तोलाको १ लाख ३६ हजार ८ सय रुपैयाँ थियो।

चाँदी तोलाको १७ सय रुपैयाँ भएको छ। गत शुक्रबारका तुलनामा यो तोलामा ५० रुपैयाँ घटेको हो। बुधबार र बिहीबार तोलाको १ हजार ७ सय रुपैयाँमा स्थिर थियो। सोमबार र मंगलबार तोलाको १६ सय ८५ रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा आइतबार सुनचाँदी केही घटेको छ। सुन प्रति औंस २३४४.५३ डलरले कारोबार भइरहेको छ। अघिल्लो दिनका तुलनामा यो ३२.४७ डलर घटेको हो। अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ एक वर्षमा १६.५३ प्रतिशतले बढेको छ।  

चाँदी प्रति औंस २७.९४ डलर छ। चाँदीमा ०.५४ डलर घटेको छ। एक वर्षमा चाँदीको कारोबार मूल्यमा १०.३६ प्रतिशतको बढोत्तरी छ।