सूर्यज्योति लाइफको साधारण सभा वैशाख २१ गते, ३५% लाभांश प्रस्ताव पारित गर्ने

बिजमाण्डू
२०८१ बैशाख २ गते १०:५८ | Apr 14, 2024
सूर्यज्योति लाइफको साधारण सभा वैशाख २१ गते, ३५% लाभांश प्रस्ताव पारित गर्ने

काठमाडौं। सूर्यज्योति लाइफ इन्स्योरेन्सले वैशाख २१ गते साधारण सभाको मिति तोकेको छ। कम्पनीले साधारण सभाबाट लाभांश प्रस्ताव पारित गर्दैछ।

Tata
GBIME
Nepal Life

गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट कम्पनीले सेयरधनीलाई चुक्ता पुँजीको १०.२६ प्रतिशत बोनस सेयर र २४.७४ प्रतिशत नगद लाभांश दिने घोषणा यसअघि नै गरिसकेको छ।

कम्पनीको चुक्ता पुँजी हाल ४ अर्ब ५४ करोड ५५ लाख रुपैयाँ छ। साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि कम्पनीले वैशाख ७ गते बुक क्लोज मिति तोकेको छ। बुक क्लोजअघि कायम कम्पनीका सेयरधनीले मात्रै साधारण सभामा भाग लिन पाउनेछन्।