शारडा ग्रुपले ल्याउने ओमाडा ई-५ इभी ९९ किलोवाट मोटर पावरमा आउने, फुल चार्जमा ५१० किमि

बिजमाण्डू
२०८० पुष १९ गते १५:२२ | Jan 4, 2024
शारडा ग्रुपले ल्याउने ओमाडा ई-५ इभी ९९ किलोवाट मोटर पावरमा आउने, फुल चार्जमा ५१० किमि

काठमाडौं। शारडा ग्रुपले यही महिना ल्याउन लागेको ओमाडा इभीमा ९९ किलोवाट क्षमताको मोटर पावर हुने भएको छ। कम्पनीले ओमोडा एण्ड जेको अटोमोबाइल कम्पनीले आफ्नो फ्ल्यागसिप मोडल ओमोडा ई-५ इभी नेपाली बजारमा सार्वजनिक गर्ने तयारी गरिरहेको छ।

Tata
GBIME
Nepal Life

यसको आधिकारिक बिक्रेता शारडा ग्रुप अन्तर्गतको एसपीजी अटोमोबाइल्सले पनि यसलाई यही महिना नेपाली बजारमा सार्वजनिक गर्ने योजनामा रहेको जनाएको हो।

सोही क्रममा उत्पादक कम्पनी ओमोडा चीनले नेपाल आउने ई-५ मा हुने पावरट्रेन र फिचरहरूको रिभिल गर्न एक कार्यक्रम अनलाइन लाइभ-स्ट्रिमिङ गरेको थियो। उक्त कार्यक्रममा ओमोडा नेपाल बिजनेसका प्रबन्ध निर्देशक केपान र ओमोडाका ब्रान्ड म्यानेजर रायन वाङको उपस्थिति थियो। आयोजित लाइभस्ट्रिम कार्यक्रम चीनबाट प्रसारण भएको थियो।

कार्यक्रममा भनिए अनुसार नेपाल आउने ओमाडा ई-५ मा ९९ किलोवाट मोटर पावर हुने भएको छ। यसले ३४० एनएम टर्क उत्पादन गर्न सक्छ। साथै ग्राउन्ड क्लियरेन्स १८० एमएम हुनेछ।

यसमा ६१ किलोवाट आवर(युनिट) ब्याट्री प्याक उपलब्ध हुनेछ। जसले एक पटकको फुल चार्जमा ५१० किलोमिटरको रेन्ज प्रदान गर्ने कम्पनीको दाबी छ।

ओमोडा ई-५ को इन्टेरियरमा २४.६ इन्चको डुअल स्क्रिन, २५६ रङको एम्बियन्ट लाइट, सोनीको प्रिमियम ८ वटा स्पिकरसहितको क्रोम डोर ह्याण्डल, इलेक्ट्रिक सनरुफ, ५० किलोवाटको वायरलेस चार्जर, भेन्टिलेटेड सिटहरू रहनेछन्।

साथै यसमा ब्लाइन्ड स्पट डिटेक्सन, लेन चेन्ज असिस्ट डिपार्चर रिमाइन्डर, एडप्टिभ क्रुज कन्ट्रोल, फ्रन्ट कोलिजन वार्निङ, लेन किपिङ असिस्ट, ट्राफिक जाम अभोइडेन्स असिस्टेन्ट, ६ वटा एयरब्याग लगायत १७ भन्दा बढी प्रकारका एडास फिचर दिइएको छ।

यसको मूल्य कम्पनीले अहिलेसम्म तोकेको छैन। यसको मोटर पावर र ब्याट्री पावरको अन्य ब्रान्डको मोडलसँग तुलना गर्दा ६० लाखदेखि ६४ लाख रुपैयाँ पर्ने अनुमान गरिएको छ।