सुन प्रति तोला १ लाख १७ हजार नाघ्यो‚ चाँदीको कारोबार मूल्य पनि उच्च

बिजमाण्डू
२०८० मंसिर ११ गते ११:४४ | Nov 27, 2023
सुन प्रति तोला १ लाख १७ हजार नाघ्यो‚ चाँदीको कारोबार मूल्य पनि उच्च

काठमाडौं। सुन तोलाको १ लाख १७ हजार ४ सय रुपैयाँ पुगेको छ। साताको पहिलो दिनका तुलनामा ५ सयको बढोत्तरीपछि उक्त मूल्यमा आइपुगेको हो।

Tata
GBIME
Nepal Life

लगातार बढेको भाउले गत सातादेखि घट्ने संकेत गरेको छैन। गत साताको प्रारम्भमा प्रति तोला १ लाख १५ हजार ७ सय रहेको सुन १ हजार ७ सय रुपैयाँ बढिसकेको छ।

चाँदी पनि बढेर प्रति तोला १५ सय पुगेको छ। यो मूल्य अघिल्लो दिनका तुलनामा १५ रुपैयाँको बढोत्तरी हो। गत साताको सुरुमा चाँदी तोलाको १४ सय ५० रुपैयाँले कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा दुई साता अघिसम्म कमजोर देेखिएको सुनचाँदीको कारोबार मूल्य क्रमिक बलियो भएर आएको छ। सोमबार सुन प्रति औंस २०११.७१ डलरले कारोबार भइरहेको छ। यो एकै दिनमा ९.६० डलरको बढोत्तरी हो। चाँदी पनि बढेर प्रति औंस २४.६८ डलर पुगेको छ।