पर्यटक आवागमन कोभिड अगाडिकै अवस्थामा फर्कियो, एक महिनामा साढे ७७ हजार आए

बिजमाण्डू
२०८० जेठ १८ गते १३:१७ | Jun 1, 2023
पर्यटक आवागमन कोभिड अगाडिकै अवस्थामा फर्कियो, एक महिनामा साढे ७७ हजार आए

काठमाडौं। पर्यटक आवागमन कोभिड अगाडिको अवस्थामा फर्किएको छ। हवाई मार्ग हुँदै मे महिनामा ७७ हजार ७ सय ३ जना पर्यटक नेपाल भित्रिएका छन्।

Tata
GBIME
Nepal Life

कोभिड अघि सन् २०१९ को मे महिनामा हवाई मार्ग हुँदै ७८ हजार ३ सय २९ पर्यटक नेपाल भित्रिएका थिए। नेपाल पर्यटन बोर्डका अनुसार सबैभन्दा बढी पर्यटक भारतबाट आएका छन्।

भारतबाट ३६ हजार ५ सय ७५ जना पर्यटक नेपाल आएका छन्। त्यसपछि दोस्रो धेरै पर्यटक अमेरिकाबाट ८ हजार ५ सय ४५ जना पर्यटक नेपाल आएका छन्। अमेरिकी पर्यटक धेरै आउँदा खर्च पनि धेरै गर्छन्।

कुन मुलुकबाट कति आए पर्यटक

मुलुकको नामपर्यटक आवागमन संख्या
भारत३६,५७५
अमेरिका८,५४५
चीन४,६६७
बेलायत२,९२७
अष्ट्रेलिया२,१८४
बंगलादेश२,१६४
मलेसीया१,३२१
जर्मनी१,१६५
फ्रान्स१,०९७
दक्षिण कोरिया१,०३९

चीनले कोभिडको नियम खुकुलो पारेपछि चीन तेस्रो धेरै पर्यटक आउने मुलुकमा परेको छ। चीनबाट ४ हजार ६ सय ६७ जना पर्यटक नेपाल घुम्न आएका छन्।

व्यवसायीहरुका अनुसार चिनियाँ पर्यटक विस्तारै बढ्दो क्रममा रहेको छ। ‘पर्यटन क्षेत्र विस्तारै पूरानै लयमा फर्किन थालेको छ। मे महिनाको तथ्यांकले हामीलाई उत्साहित बनाएको छ,’ एक व्यवसायीले बिजमाण्डूसँग भने।