भूगोल इनर्जी डेभलपमेन्टले सर्वसाधरणलाई चैत २३ बाट सेयर बिक्री खुलायो

बिजमाण्डू
२०७९ चैत्र १५ गते ०८:४९ | Mar 29, 2023
भूगोल इनर्जी डेभलपमेन्टले सर्वसाधरणलाई चैत २३ बाट सेयर बिक्री खुलायो

काठमाडौं। भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीले चैत २३ गतेबाट सर्वसाधरणलाई साधारण सेयर खुलाउने भएको छ।

Tata
GBIME
Nepal Life

सर्वसाधरणलाई १३ लाख ४६ हजार ९९३ कित्ता बिक्री गरिने कम्पनीले जनाएको छ। आवेदन छिटोमा चैत २७ गतेसम्म बुझाइ सक्नुपर्ने छ।

न्यूनतम १० कित्ता र अधिकतम ३० हजार कित्ताका लागि दर्खास्त पेश गर्न सकिनेछ।

कम्पनीले आयोजना प्रभावित र वैदेशिक रोजगारीमा गएकाहरुलाई सेयर बिक्री गरि बाँडफाँट सकेको छ। कर्मचारीलाई पनि वितरण गरिसकेको जनाएको छ।

अब ७१ हजार ९१६ कित्ता म्युचुअल फण्डलाई छुट्याएर बाँकी सर्वासाधरणलाई बिक्री गर्दैछ।

कम्पनीले दैलेख जिल्लामा द्वारीखोला जलवपिद्युत आयोजना निर्माण गर्दैछ। आयोजनाको जडित क्षमता ३.७५ मेगावटा रहेको जनाएको छ।

परियोजनाको कुल लागत ७३ करोड १९ लाख रुपैयाँ अनुमान गरिएको छ। प्रति मेगावाट लागत १९ करोड ५१ लाख रुपैयाँ अनुमान गरिएको छ।