भ्रष्टाचार सूचकमा नेपालले पायो ३४ अंक, सात स्थान सुधार गर्दै ११० औं स्थानमा

बिजमाण्डू
२०७९ माघ १७ गते १२:१६ | Jan 31, 2023
भ्रष्टाचार सूचकमा नेपालले पायो ३४ अंक, सात स्थान सुधार गर्दै ११० औं स्थानमा

काठमाडौं। भ्रष्टाचार सूचकाङ्कमा नेपालले सात स्थान सुधार गरेको छ। सन् २०२२ को तथ्यांक अनुसार नेपाल १ सय १० औं स्थानमा परेको हो ।

Tata
GBIME
Nepal Life

ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआर्ई) ले मंगलबार भ्रष्टाचार अवधारणा सूचकाङ्क सार्वजनिक गरेको हो। जसअनुसार नेपालले ३४ अंक प्राप्त गर्दै १ सय १० औं स्थानमा आइपुगेको हो।

सन् २०२१ मा नेपालले ३३ अंक प्राप्त गरी १ सय १७ औं स्थानमा कायाम थियो। यस वर्ष सूचकाङ्कमा डेनमार्क ९० अङ्क प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक र सोमालिया १२ अङ्क प्राप्त गरी सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकका रुपमा सूचीकृत भएका छन् ।

यस सूचकाङ्कमा १०० अङ्कले अति स्वच्छ र ० अङ्कले अति भ्रष्ट जनाउँछ भने ५० भन्दा कम अंक (स्कोर) प्राप्त भएमा बढी भ्रष्टाचार हुने मुलुकका रुपमा मानिने गरिएको छ ।

यस वर्षको औसत अंक ४३ रहेको र विश्वका दुई तिहाई मूलुकमा भ्रष्टाचार गम्भीर समस्याको रुपमा रहेको उल्लेख गरिएको छ।

नेपालको अंकमा केही सुधार भएता पनि भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमै कायम रहेको छ ।