सौर्य ऊर्जा सेवा प्रदायक सनफार्मरसँग लक्ष्मी क्यापिटलको लगानी सम्झौता, ४ सय परियोजनामा लगानी

बिजमाण्डू
२०७९ मंसिर १३ गते १५:१३ | Nov 29, 2022
सौर्य ऊर्जा सेवा प्रदायक सनफार्मरसँग लक्ष्मी क्यापिटलको लगानी सम्झौता, ४ सय परियोजनामा लगानी

काठमाडौं। लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र  सौर्य ऊर्जा सेवा प्रदायक  कम्पनी सनफार्मरबिच लगानी सम्भाव्यता सम्बन्धी सम्भौता भएको छ।

Tata
GBIME
Nepal Life

समझदारी पत्रमा लक्ष्मी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटा र सनफार्मरका  प्रमुख संचालन अधिकृत हरि श्रेष्ठले हस्ताक्षर गरेका छन्। 

सापकोटाले मर्चेन्ट बैकिङ तथा परामर्श सेवामा बिगतको सफल अनुभव रहेकोले नवीकरणीय र स्वच्छ ऊर्जामा योगदान पुर्याइरहेको सनफार्मरसँगको सहकार्य तगा लगानी अन्य परियोजनाहरूको लागि समेत कोसेढुङ्गा सावित हुने बताए। 

संयुक्त राज्य अमेरिकामा संचालित कम्पनी सनफार्मरले सन २०१४ देखि नेपालमा ४ सय भन्दा बढि सोलार इनर्जी प्रोजेक्ट सम्पन्न गरीसकेको छ। 

यस कम्पनीले सौर्य ऊर्जासँगै स्वास्थ, शिक्षा र कृषिको समेत  प्रवर्धन गर्ने उद्देश्यकासाथ हालसम्म ७,८४२,७८२ यूनिट स्वच्छ विद्युत उत्पादन गरी सकेकोे छ।