नेपाल इन्भेष्टमेन्ट बैंकको ११ प्रतिशत लाभांश घोषणा, पारित गर्न पुस ७ गते साधारणसभा डाक्यो

बिजमाण्डू
२०७९ मंसिर १३ गते ०९:४५ | Nov 29, 2022
नेपाल इन्भेष्टमेन्ट बैंकको ११ प्रतिशत लाभांश घोषणा, पारित गर्न पुस ७ गते साधारणसभा डाक्यो

काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकले गत आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गरेको छ। बैंकले गत आर्थिक वर्षका लागि ११ प्रतिशत लाभांश बाँड्दै छ।

Tata
GBIME
Nepal Life

प्रस्तावित लाभांशमध्ये ४ प्रतिशत बोनस र बाँकी ७ प्रतिशत नगद दिने जनाएको छ। प्रस्तावित लाभांश कायम चुक्ता पुँजीमा हो।

अहिले बैंकको चुक्ता पुँजी १८ अर्ब ३० करोड रुपैयाँ छ। ७ प्रतिशत बोनस वितरणपछि बैंकको चुक्ता पुँजी १९ अर्ब ३ करोड रुपैयाँ पुग्नेछ। बैंकले मेगा बैंकलाई ९० रुपैयाँ प्रतिकित्तामा किन्दैछ। 

लाभांश राष्ट्र बैंक र आगामी साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन्।

लाभांशको पारित गर्न बैंकले साधारणसभा समेत डाकिसकेको छ। सभा पुस ७ गते हुँदैछ। सभा र लाभांश प्रयोजनका लागि बैंकले मंसिर २१ गतेदेखि सभाको मितिसम्म बुक क्लोज गर्ने तय गरेको छ।

जसअनुसार मंसिर २० गतेसम्म कायम सेयरधनीले मात्र लाभांश पाउन र सभामा भाग लिन पाउनेछन्।