नेपाल-भारत उडानः जानेको चाप भए पनि आउने घटे, सुरुवाती भाडादर १० हजार रुपैयाँ

बिजमाण्डू
२०७९ मंसिर ११ गते १०:०९ | Nov 27, 2022
नेपाल-भारत उडानः जानेको चाप भए पनि आउने घटे, सुरुवाती भाडादर १० हजार रुपैयाँ

काठमाडौं। यात्रु संख्या उल्लेख्य रहँदा काठमाडौं-नयाँदिल्ली उडानमा वायुसेवाहरुले एकतर्फीमै प्रतियात्रु ५० हजार रुपैयाँसम्म भाडा असुलेका थिए। यतिबेला यात्रु घटेका छन्, टिकट पनि सस्तिएको छ।

Tata
GBIME
Nepal Life

यतिबेला नेपाल-भारत उडानमा काठमाडौं आउनेका तुलनामा दिल्ली जानेको संख्या उच्च छ। आउने टिकट सस्तो सजिलै पाइन्छ, जाने टिकटमा भने खोजेका बेला सस्तो, सहज अझै भइसकेको छै। नेपाल एयरलाइन्स, एयर इण्डिया, इण्डिगो लगायत वायुसेवाले काठमाडौं- दिल्ली-काठमाडौं उडान गर्दै आएका छन्।

भारततर्फ साताका १० उडान गर्दै आएको नेवानिले यतिखेर एकतर्फी मात्र उडान अकुपेन्सी कायम हुँदै आएको जनाएको छ। भारतबाट नेपाल भित्रिनेको तुलनामा नेपालबाट भारत जाने यात्रुको संख्या उल्लेख्य रहेको निगमका एक कर्मचारीले बताए।

उनका अनुसार पछिल्लो समय दिल्ली-काठमाडौं उडानका लागि सस्तो भाडादरको टिकट सहजै पाउन सकिन्छ छ। यो गन्तव्यका लागि सुरुवाती भाडादर करिब १० हजार रुपैयाँ निर्धारण हुँदै आएको उनले जानकारी दिए।

'दिल्ली एकतर्फी भाडादर भाडादर ३१ हजार रुपैयाँमाथि कायम हुँदै आएको छ। उडान संख्या घटेको अवस्था छ। यो कारणले पनि यात्रुले पछि सिट पाउन झन् कठिन हुने प्रक्षेपण गर्दै धमाधम टिकट बुकिङ गर्न थालेको पाइएको छ,' उनले भने।

आउँदो डिसेम्बर १६ बाट यो गन्तव्यमा उडान गर्दै आएका भिस्तारा र इण्डिगो एयरको उडान कटौती गर्ने तयारीमा रहेको जनाइएको छ।

नेपालबाट भारत जाने यात्रुको माग वृद्धि भएसँगै यतिखेर एकतर्फी भाडादर अधिकतममा ५२ हजारमाथि पुग्न थालेको एयर इण्डियाले जनाएको छ। 'लास्ट मोमेन्टमा ५२ हजारभन्दा माथिको फेयरमात्र पाइन्छ। नेपाल आउनका लागि यात्रुको माग खासै छैन। सुरुवाती भाडादरका टिकट मनग्य उपलब्ध छ,' कम्पनीका एक कर्मचारीले भने।

उनका अनुसार कम्पनीले दिल्ली र कोलकाता गरी साताको कुल २१ वटा नियमित उडान गर्दै आएको छ।

यतिखेर नेपाल आउने भन्दा भारत हुँदै अस्ट्रेलिया, जापान, अमेरिका, युरोप लगायत विभिन्न मुलुक जाने यात्रु वृद्धि भएपछि माग उल्लेख्य मात्रामा वृद्धि भएको उनले जानकारी दिए।

हाल दिल्ली र मुम्बईतर्फ साताको कुल १४ वटा उडान गर्दै आएको भिस्तारा एयरको मुम्बई-काठमाडौं उडान माग कम रहेको आधिकारिक जीएसए ट्राभल राइटले जनाएको छ।

उताबाट आउनेभन्दा जापान, अबुधाबी लगायत गन्तव्यसँग भएको इन्टरलाइन एग्रिमेन्टका कारण जाने यात्रुको माग उल्लेख्य रहेको ट्राभल राइटका सीइओ निरज रिमालले बताए। 'सुरुवाती भाडादरमा टिकट पाउन अलि गाह्रै छ,' सीइओ रिमालले भने,'आइतबार अलि बढी चाप हुन्छ, शुक्रबार भने चाप कम छ।'

हाल साताको २८ वटा उडान गर्दै आएको इण्डिगो एयरले दुईतर्फी उडानमै बराबर माग रहेको आधिकारिक जीएसए प्रेसिडेन्ट ट्राभलले जनाएको छ। कम्पनीले दिल्लीतर्फका दुई तर्फी उडानमै ८० प्रतिशतभन्दा माथि अकुपेन्सी कायम रहेको जनाएको छ।

कोरोना संक्रमण नियन्त्रणमा आएको सुरुवाती चरणपछि यो गन्तब्य तर्फको भाडादर निरन्तर अकासिँदै आएको छ। यो गन्तव्य उडानमा वायुसेवा कम्पनी थपिएपनि कोभिड नियन्त्रणमा आएसँगै यात्रु माग उल्लेख्य रहँदै आएको छ।