महिन्द्राको बोलेरो सबैभन्दा धेरै बिक्री हुने एसयुभी बन्यो, अक्टोबरमा ३२ हजार युनिट बिक्री

बिजमाण्डू
२०७९ मंसिर ८ गते १०:५० | Nov 24, 2022
महिन्द्राको बोलेरो सबैभन्दा धेरै बिक्री हुने एसयुभी बन्यो, अक्टोबरमा ३२ हजार युनिट बिक्री

काठमाडौं। महिन्द्रा एण्ड महिन्द्राको एसयुभी सेग्मेन्टमा रहेको बोलेरो सबैभन्दा धेरै बिक्री हुने एसयुभी बन्न सफल भएको छ। कम्पनीका अनुसार यो गाडी अक्टोबरमा अन्य तीन वटा भन्दा तीन गुणा बढी बिक्री गरेको जनाएको छ।

Tata
GBIME
Nepal Life

महिन्द्राले एक्सयुभी -७००, स्कोर्पियो एन र स्कोर्पियो क्लासिक एसयूभीहरु हरेक महिना ८ देखि ९ हजार युनिट बुकिङ हुने गरेको छ। तर महिन्द्रा बोलेरो भने मासिक ३० हजार युनिट भन्दा धेरै बिक्री गर्ने गरेको छ।

अक्टोबरमा बोलेरो ३२ हजार २२६ युनिट बिक्री गरेको तथ्यांक कम्पनीले सार्वजनिक गरेको छ। यो कम्पनीको अहिलेसम्मकै उच्च बिक्री हो। अक्टोबर २०२१ मा कम्पनीले बोलेरो ६ हजार ३७५ युनिट बिक्री गरेको थियो।

बोलेरो पछि कम्पनीको सबैभन्दा धेरै बिक्री हुने एसयूभी नयाँ स्कर्पियो- एन हो। यो एसयुभी ७ हजार ४३८ युनिट बिक्री भएको छ। गत वर्ष सोही महिनामा कम्पनीले स्कोर्पियो एनका ३ हजार ३०४ युनिट मात्र बिक्री गरेको थियो।

महिन्द्राको एक्सयुभी-३०० तेस्रो धेरै बिक्री हुने एसयुभी हो। यो अक्टोबरमा ६ हजार २८२ युनिट बिक्री भएको छ। गत वर्षको अक्टोबरमा यो गाडी ४ हजार २०३ युनिट बिक्री भएको थियो।