भोटाहिटीको सबवेमा बनाइएको संरचना हटाउँदै महानगरपालिका, हेर्नुस् तस्वीर समाचार

बिजमाण्डू
२०७९ भदौ १२ गते १३:१७ | Aug 28, 2022

काठमाडौं। भोटाहिटीको सबवेमा बनाइएका अनधिकृत संरचना हटाइएको छ। सबवेमा बनाएका संरचना काठमाडौं महानगरपालिकाको टोलीले आइतबार हटाएको हो।

Tata
GBIME
Nepal Life

काठमाडौंका मेयर बालेन्द्र शाहले अनधिकृत रुपमा बनाएका संरचना हटाउने अभियान सुरु गरेका छन्।

जसअन्तर्गत केहीदिन अघि काठमाडौंको सुन्धरास्थित काठमाडौं मल, आरबी कम्पलेक्स, नयाँ बानेश्वरस्थित अल्फाबिटा लगायत क्षेत्रमा अनधिकृत रुपमा बनाएका संरचना हटाइएको हो।

महानगरपालिकाले नक्सापासको अनुगमनमा कडाइ गरेको छ। अनुमति नलिइ बनाइएका संरचना भत्काएर हटाउने कामलाई निरन्तरता दिने भएको छ।

घर, भवनको नक्सा पास गर्दा उल्लेख नभइ पछि थपिएका अनधिकृत संरचना महानगरपालिकाले खोजी खोजी हटाउन सुरु गरेको हो।अन्डरग्राउन्ड पार्किङ बनाउने भनेर नक्सा पास गरी अन्य व्यवसायिक प्रयोजनमा प्रयोग गरिरहेकाहरुलाई पनि महानगरले निसाना बनाएको छ।  

जसअन्तर्गत केहीदिन अघि काठमाडौंको सुन्धरास्थित काठमाडौं मल, आरबी कम्पलेक्स, नयाँ बानेश्वरस्थित अल्फाबिटा लगायत क्षेत्रमा अनधिकृत रुपमा बनाएका संरचना हटाएका हुन्।