सरकारलाई विद्युतीय गाडी मात्र किन्न प्रस्ताव, ‘मिटर जोड्न महिनौं लगाउने कर्मचारीलाई कारवाही’

बिजमाण्डू
२०७९ भदौ १ गते १८:१० | Aug 17, 2022

काठमाडौं। उर्जा मन्त्री पम्फा भुसालले मन्त्रालयले अब विद्युतीय सवारीसाधन मात्र खरिद गर्नुपर्ने बताएकी छिन्। 

Tata
GBIME
Nepal Life

बुधवार काठमाडौंमा आयोजित नेपाल विद्युत प्राधिकरणको ३७औँ वार्षिकोत्सवमा बोल्दै मन्त्री भुसालले विद्युत प्राधिकरण र उर्जा मन्त्रालयले विद्युतीय गाडी मात्र खरिद गर्नुपर्ने बताएकी हुन्।

भुसालले प्राधिकरणले विद्युतीय चुल्होको प्रयोग बढाउँदै लैजाने योजनालाई प्रभावकारी ढङगबाट अघि बढाउनुपर्ने भन्दै चार्जिङ स्टेशन बनाउँदै विद्युतीय पूर्वाधारहरुको विस्तारमा लाग्नुपर्ने बताईन्।

मन्त्री भुसालले मिटर जोड्न महिनौं लगाउने प्राधिकरणका कर्मचारीहरुलाई कारबाही गर्न निर्देशन दिइन्। उनले मन्त्रालयका मन्त्री र कर्मचारी विद्युत खपत बढाउन अनुरोध गर्दै मिटर जोड्ने कामलाई महिनौ लगाउने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताइन्।

उनले निजी क्षेत्रले भोगेका समस्यामा सरकार गम्भीर रहेको भन्दै सरकार विद्युत उत्पादनको क्षेत्रमा निजी क्षेत्रसँग सहकार्य गर्दै अगाडि बढेको दावी गरिन्। भुसालले प्राधिकरण विद्युत सम्झौता गरेका ३ हजार २ सय मेगावाट जलविद्युत निर्माणधिन अवस्थामा रहेको भन्दै सरकारसँग सम्झौता गरेर विद्युत उत्पादन नगरी खोला नदी ओगट्ने कम्पनी निषेध गर्ने नीति लिएको बताइन्।