वर्ष दिनमा ब्याज स्प्रेड ३.६७% बाट बढेर ४.२१ पुग्यो, औसत आधार दर नै ९.५४ प्रतिशत

बिजमाण्डू
२०७९ भदौ १ गते ०९:१३ | Aug 17, 2022
वर्ष दिनमा ब्याज स्प्रेड ३.६७% बाट बढेर ४.२१ पुग्यो, औसत आधार दर नै ९.५४ प्रतिशत

काठमाडौं। एक वर्षमा बैंकहरुको आधार ब्याज दर २.६८ प्रतिशत बिन्दुले बढेको छ। आधार दर बढेको प्रभाव बैंक ऋणमा परेको छ।

Tata
GBIME
Nepal Life

एक वर्षमा बैंकहरुले आधार दरभन्दा बढी स्प्रेड दर बढाएका कारण ऋणको ब्याज दर थप महँगो भएको छ। ऋणको ब्याज दर ३.१९ प्रतिशत बिन्दुले बढेको छ।

२०७८ असारमा बैंकहरुको औसत निक्षेपको ब्याज दर ४.७६ प्रतिशत थियो। २०७९ असारमा आइपुग्दा यो बढेर ७.४१ प्रतिशत पुगेको छ। ऋणको पनि ८.४३ प्रतिशतबाट बढेर ११.६२ प्रतिशत पुगेको छ। आधार दर ६.८६ प्रतिशतबाट ९.५४ प्रतिशत पुगेको छ।

पोहोर निक्षेपमा दिने र ऋणमा लिने ब्याजको अन्तर ३.६७ प्रतिशत मात्र थियो। यससपाली असारमा यो अन्तर बढेर ४.२१ प्रतिशत पुगेको छ।

मिति (वाणिज्य बैंकहरुको मात्र) २०७८ असार २०७८ साउन २०७८ भदौ २०७८ असोज २०७८ कात्तिक २०७८ मंसिर २०७८ पुस २०७८ माघ २०७८ फागुन २०७८ चैत २०७९ वैशाख २०७९ जेठ २०७९ असार
निक्षेपको भारित औसत दर 4.76 4.76 4.92 5.43 5.8 6.24 6.37 6.49 6.93 7.11 7.25 7.34 7.41
ऋणको भारित दर 8.43 8.48 8.57 8.69 9.02 9.29 9.44 10.31 10.6 10.78 11.42 11.54 11.62
आधार ब्याज दर 6.86 6.71 6.89 7.57 7.82 8.25 8.42 8.53 8.98 9.17 9.3 9.39 9.54