नारायणी डेभलपमेन्ट बैंकले २६ लाख २४ हजार कित्ता हकप्रद सेयर जारी गर्दै, दोब्बरले बढ्ने पुँजी

बिजमाण्डू
२०७९ साउन ३० गते १७:२९ | Aug 15, 2022
नारायणी डेभलपमेन्ट बैंकले २६ लाख २४ हजार कित्ता हकप्रद सेयर जारी गर्दै, दोब्बरले बढ्ने पुँजी

काठमाडौं। नारायणी डेभलपमेन्ट बैंकले सत् प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ। समस्याग्रस्तबाट मुक्त भएपछि चुक्ता पुँजी बृद्धिमा लागेको बैंकले सेयर निष्कशानका लागि बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरेको छ।

Tata
GBIME
Nepal Life

बैंकले अंकित मूल्य १०० रुपैयाँ दरको २६ लाख २४ हजार ६७६ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो। बिक्री प्रबन्धक सम्बन्धि सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत पशुपति पौडेल र क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणी ढकालले हस्ताक्षर गरेका छन्।

चितवनमा केन्द्री कार्यालय रहेको बैंकको अधिकृत पुँजी ५३ करोड र जारी पुँजी २६ करोड २४ लाख ६७ हजार ६ सय रुपैयाँ छ।

 बैंकका ५ वटा शाखा कार्यालयहरु सञ्चालनमा छन्।