सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घट्यो, बिहीबार प्रतितोला ९६ हजार ७ सय, चाँदी पनि घट्यो

बिजमाण्डू
२०७९ साउन २६ गते ११:३७ | Aug 11, 2022

Tata
GBIME
Nepal Life

काठमाडौं। बुधबार बढेको सुनको मूल्य पुन : घटेको छ। सुन अघिल्लो दिनको भन्दा तोलामा ५ सय रुपैयाँले घटेको हो। बिहीबारको लागि कारोबार मूल्य प्रतितोला ९६ हजार ७ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बुधबार सुन तोलामा २ सय रुपैयाँले बढेर प्रतितोला ९७ हजार एक सय रुपैयाँ थियो। चाँदीको मूल्य बिहीबार तोलामा ५ रुपैयाँले घटेको छ। चाँदी प्रतितोला एक हजार २ सय २५ रुपैयाँ कायम भएको छ।

बुधबार चाँदी तोलामा १० रुपैयाँले घटेर बजार मूल्य प्रतितोला एक हजार २ सय ३० रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा पनि सुनको  मूल्य घटेको छ। बिहीबार सुन प्रति औंस १७८४.८८ डलरमा कारोबार भइरहेको छ। चाँदी प्रति औंस २०.४५ डलर छ। बुधबार सुन प्रति औंस १७९०.२१ डलर र चाँदी प्रति औंस २०.४१ डलर थियो।