बीमा कम्पनीको लेखापरीक्षण गुणस्तर अभिवृद्धि गर्न बीमा समिति आइक्यान सहकार्य

बिजमाण्डू
२०७९ असार २४ गते १७:०० | Jul 8, 2022

काठमाडौं। बीमा समितिले नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आइक्यान) सँग सहकार्य सुरु गरेको छ। बीमा कम्पनीहरुको लेखापरीक्षणको गुणस्तर अभिवृद्धि, नेपाल वित्तीय प्रतिवेदन मान १७ को कार्यान्वयन, नयाँ प्रविधि अवलम्बन र जनशक्ति विकास लगायतका विषयमा सहकार्य गर्न खोजिएको हो।

Tata
GBIME
Nepal Life

बीमा क्षेत्रमा आर्थिक पारदर्शिता, जनताप्रतिको उत्तरदायित्व र विश्वसनीयता बढाउनका लागि समितिले  आइक्यानसँग सहकार्य थालेको बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बताए।

 'समिति र आइक्यान मिलेर बीमा क्षेत्रमा आर्थिक पारदर्शिता उजार गर्न खोजिएको छ। जनताको रकम लिएर जोखिम बहन गरेपछि जवाफदेही बन्नै पर्छ। जहिले पनि जनताको हित सर्वोपरी हुनुपर्छ,' उनले भने।

केही कठिनाई भए पनि अन्तर्राष्ट्रिय विश्वसनीयताका लागि एनएफआरएस मान १७ कार्यान्वयन गर्नै पर्ने  अध्यक्ष सिलवालले बताए। अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम बीमा कम्पनीहरूको लेखापरीक्षणको गुणस्तर  अभिवृद्धिका लागि  एफएनआरएस कार्यान्वयनका लागि समितिसँग सहकार्य गर्न तयार रहेको आइक्यानका अध्यक्ष युद्धराज ओलीले बताए ।