काठमाडौं महानगरको मेयरमा गठबन्धनबाट नेपाली कांग्रेसकी सिर्जना सिंह बनिन् उम्मेदवार

बिजमाण्डू
२०७९ बैशाख १२ गते १०:४२ | Apr 25, 2022
काठमाडौं महानगरको मेयरमा गठबन्धनबाट नेपाली कांग्रेसकी सिर्जना सिंह बनिन् उम्मेदवार

काठमाडौं। नेपाली कांग्रेसले काठमाडौंको मेयरमा सिर्जना सिंहलाई उम्मेदवार बनाउने तयारी गरेको छ। कांग्रेस केन्द्रीय सम्पादन समिति र संसदीय बोर्डले आइतबार सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई महानगर र उपमहानगरको उम्मेदवाट टुंगो लगाउने जिम्मा दिएको थियो।

Tata
GBIME
Nepal Life

देउवाले काठमाडौंको मेयरमा सिर्जनाको नाम पक्का गरेको बताइएको छ। यद्यपि औपचारिक निर्णय भने आइसकेको छैन।

सिर्जना दलबलसहित दिउँसो १ बजे शान्तिबाटिकामा जम्मा भएर उम्मेदवारी दर्ता गर्न राष्ट्रिय सभागृह पुग्ने तयारीमा छिन्। नेतृ सिंह प्रकाशमान सिंहकी पत्नी हुन्।

सत्ता गठबन्धनले काठमाडौंको मेयर कांग्रेसलाई भाग लगाएको छ।