वीरगंजका होटल व्यवसायीलाई सम्पत्ति करमा ५० प्रतिशत छुट दिने मेयरको घोषणा

बिजमाण्डू
२०७८ माघ १० गते ०५:५८ | Jan 24, 2022
वीरगंजका होटल व्यवसायीलाई सम्पत्ति करमा ५० प्रतिशत छुट दिने मेयरको घोषणा

वीरगंज। वीरगंज महानगरले कोभिड महामारीले थलिएका वीरगंजको होटलहरुलाई चालु आव २०७८/७९ मा सम्पति करमा ५० प्रतिशत छुट दिने प्रतिवद्धता जनाएको छ।

Tata
GBIME
Nepal Life

महानगरका मेयर विजय सरावगीले होटल तथा पर्यटन व्यवसायी संघ वीरगंजका पदाधिकारीहरुलाई सम्पत्ती करमा ५० प्रतिशत छुट दिने प्रतिवद्धता जनाएका हुन्।

ज्ञापन पत्र बुझाउन गएका संघका पदाधिकारीहरुसँग उनले कोरोना महामारीको कारण तीन वर्षदेखि धराशायी बन्दै गएको होटल व्यवसायीलाई सरकारी कुनै पक्षबाट सुविधा दिने नीति नआएमा स्थानीय सरकारले ५० प्रतिशत छुट दिने बताए।

 वीरगंज महानगरपालिकाको पछिल्लो नगर परिषद्बाट होटल तथा पर्यटन क्षेत्रका लागि कुनै पनि योजना नआउँदा व्यवसायीहरु निराश बनेका थिए। संघका अध्यक्ष हरि पन्तको नेतृत्वमा ज्ञापन पत्र बुझाएको थियो।

वीरगंजमा चार तारे स्तरको होटल लर्डस दियालो,तीन तारे होटल भिस्वा, होटल मकालु, पुजन, कन्ट्रीि इन, क्लासिक, सम्झना, कुमु प्यालेस, हीरा प्लाजा, एभरेस्ट, सगुनलगायत साना ठुला गरी ७० वटा होटलहरु सञ्चालनमा छन्।

तर कोरोना महामारीको कारण भारतीय पर्यटक नआउँदा यस क्षेत्रको होटलको व्यवसाय तीन वर्षदेखि नराम्ररी प्रभावित भएको छ ।व्यवसायीलाई होटलको घरभाडा,कर्मचारीको पारिश्रमिक तथा बैंकको ब्याज समेत तिर्न धौधौ भएको छ ।