राष्ट्रिय वाणिज्य बैंकको ५७ औं वार्षिकोत्सवमा विविध कार्यक्रम, २५० जनाले रक्तदान गरे

बिजमाण्डू
२०७८ माघ ६ गते १०:३० | Jan 20, 2022

काठमाडौं। राष्ट्रिय वाणिज्य बैंकले ५७ औं वार्षिकोत्सवको अवसरमा बिभिन्न कार्यक्रम गरिरहेको छ। यसै अवसरमा बैंकको केन्द्रीय कार्यालय परिसर तथा विभिन्न प्रादेशिक कार्यालयहरुमा बुधबार रक्तदान कार्यक्रम आयोजना भएको बैंकले जनाएको छ।

Tata
GBIME
Nepal Life

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीले उप-कार्यकारी अधिकृत विनयरमण पौडेललाई ब्लड ब्याग हस्तान्तरण गरी सुरु भएको कार्यक्रममा बैंकको केन्द्रीय कार्यालय परिसरमा १ सय १२ जनाले रक्तदान गरेको जारी विज्ञप्तिमा उल्लेख छ।

त्यस्तै बैंकको १ नम्बर प्रादेशिक कार्यालय, विराटनगरमा भएको रक्तदान कार्यक्रममा ५१ जना, गण्डकी प्रादेशिक कार्यालय, पोखरामा भएको रक्तदान कार्यक्रममा ५७ जना, लुम्बिनी प्रादेशिक कार्यालय, नेपालगंजमा भएको रक्तदान कार्यक्रममा २९ जना गरी कुल २४९ जनाले रक्तदान गरेको बैंकले जनाएको छ।

बैंकका अनुसार कोभिड-१९ को जोखिमका कारण स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डको पालना गर्दै सामाजिक दूरी कायम गरी रक्तदान कार्यक्रम सञ्चालन गरिएको हो।