हिमालयन रिको तीन महिनाको नाफा ४ करोड ७६ लाख रुपैयाँ, कर्मचारी बोनस ७५ लाख ६८ हजार

बिजमाण्डू
२०७८ मंसिर २३ गते ०९:२१ | Dec 9, 2021
हिमालयन रिको तीन महिनाको नाफा ४ करोड ७६ लाख रुपैयाँ, कर्मचारी बोनस ७५ लाख ६८ हजार

काठमाडौं। हिमालयन रिइन्स्योरेन्स लिमिटेडले चार करोड ७६ लाख ८० हजार रुपैयाँ नाफा गरेको छ। कम्पनीले चालु बर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दै नाफा पौने पाँच करोड पुगेको जनाएको छ।

Tata
GBIME
Nepal Life

देशको दोस्रो रिइन्स्योरेन्स कम्पनीको चुक्ता पुँजी ७ अर्ब रुपैयाँ छ। सर्वसाधारणलाई तीन अर्बको सेयर बिक्री गर्न बाँकी छ। कम्पनीले साधारणसभा गरेर सेयर जारी गर्ने एजेण्डा पारित गरिसकेको छ।

कम्पनीले कुल आम्दानी ७ करोड ९२ लाख रुपैयाँ गरेको छ। यसबीचमा खर्च ३ करोड १५ लाख रुपैयाँ छ। यसमध्ये ब्यवस्थापन खर्च ३५ लाख ८१ हजार रुपैयाँ छ।

कम्पनीले कर्मचारीलाई बोनस बापत तीन महिनामा ७५ लाख ६८ हजार रुपैयाँ छुट्याएको छ। सरकारलाई आय करबापत २ करोड रुपैयाँ छुट्याएको छ।

कम्पनीले खुद बीमा शुल्क ८ करोड ८ लाख रुपैयाँ उठाएको छ। दाबी भुक्तानी खुद एक करोड ७ लाख रुपैयाँ छ।