सुनको मूल्य तोलामा २ सयको गिरावट, साताको पहिलो दिनका तुलनामा ८ सय सस्तो, चाँदी स्थिर 

बिजमाण्डू
२०७८ मंसिर १७ गते ११:२४ | Dec 3, 2021
सुनको मूल्य तोलामा २ सयको गिरावट, साताको पहिलो दिनका तुलनामा ८ सय सस्तो, चाँदी स्थिर 


काठमाडौं। सुन तोलामा २ सय रुपैयाँ घटेको छ। शुक्रबारका लागि सुनको कारोबार मूल्य प्रतितोला ९१ हजार ३ सय रुपैयाँ भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Tata
GBIME
Nepal Life

यसअघि बिहीबार ९१ हजार ५ सय थियो। साताको पहिलो दिनका तुलनामा शुक्रबारको मूल्य ८ सय रुपैयाँ सस्तो भएको हो। गत आइतबार प्रतितोला ९२ हजार १ सय रुपैयाँ थियो। 

चाँदी भने बिहीबारकै मूल्य प्रतितोला ११ सय ९० रुपैयाँमै शुक्रबार स्थिर छ। यसअघि गत बुधबार १२ सय थियो। शुक्रबारको मूल्य साताको प्रारम्भका तुलनामा २० रुपैयाँ घटेको हो। गत आइतबार १२ सय १० रुपैयाँ प्रतितोला थियो। 

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको कारोबार मूल्य कमजोर भएको छ। साताको पहिलो दिन सुन प्रतिऔंस १७९२.६० डलर थियो। अन्तिम दिन शुक्रबार १७७२.४७ डलर छ। 

अन्तर्राष्ट्रिय बजारमा चाँदीको मूल्य पनि घटेको छ। गत आइतबार २३.१३ डलर प्रतिऔंस रहेको चाँदी शुक्रबार २२.४१ डलरमा कारोबार भइरहेको छ।