महिला लघुवित्त वित्तीय संस्थाको लाभांश संशोधन, बोनस सेयर बढाएर नगद लाभांश घटायो

बिजमाण्डू
२०७८ कात्तिक ५ गते १४:३२ | Oct 22, 2021
महिला लघुवित्त वित्तीय संस्थाको लाभांश संशोधन, बोनस सेयर बढाएर नगद लाभांश घटायो

काठमाडौं। महिला लघुवित्त वित्तीय संस्थाले प्रस्तावित लाभांस संशोधन गरेको छ। कम्पनीले ४७.५ प्रतिशत बोनस सेयर र २.५ प्रतिशत नगद लाभांश दिने भएको छ।

Tata
GBIME
Nepal Life

यसअघि भने कम्पनीले ४५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांस दिने घोषणा गरेको थियो। कुल लाभांस संसोधन नगरी बोनस सेयर र नगद लाभांसको प्रतिशत मात्रै घटबढ गरिएको हो।

यसै वर्ष मात्रै आईपीओ जारी गरेर दोस्रो बजारमा कारोबारमा आएको कम्पनीको सेयर मूल्य लघुवित्तहरुमध्ये सबैभन्दा धेरै छ।

कम्पनीको सेयर मूल्य अधिकतम ५८०० रुपैयाँ सम्म पुगेकोमा यतिबेला भने ४९०५ रुपैयाँ रहेको छ।

दोस्रो सर्वाधिक महँगो लघुवित्त भने जीवन विकास लघुवित्त रहेको छ। जसको बजार मूल्य अधिकतम ५३०२ रुपैयाँ पुगेकोमा अहिले ४३०२ रुपैयाँमा कारोबार भइरहेको छ।