सुनको मूल्य ६ सयले गिरावट, शुक्रबार प्रतितोला ८९ हजारमा कारोबार हुँदै, चाँदीमा झिनो वृद्धि

बिजमाण्डू
२०७८ असोज ८ गते १२:१२ | Sep 24, 2021
सुनको मूल्य ६ सयले गिरावट, शुक्रबार प्रतितोला ८९ हजारमा कारोबार हुँदै, चाँदीमा झिनो वृद्धि

काठमाडौं। सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको छ। शुक्रबारका लागि कारोबार मूल्य प्रतितोला ८९ हजार निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Tata
GBIME
Nepal Life

बिहीबार सुन ५ सय घटेर मूल्य निर्धारण हुँदा प्रतितोला ८९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्यमा झिनो वृद्धि छ। बिहीबारको भन्दा ५ रुपैयाँ बढ्दा प्रतितोला ११ सय ६० रुपैयाँ भएको छ। बुधबारका तुलनामा १० रुपैयाँ घट्दा बिहीबार प्रतितोला ११ सय ५५ रुपैयाँ थियो।

चाडपर्व सुरु भएपछि बजारमा सुनचाँदीको कारोबारले गति लिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हाल बजारमा दैनिक ३० केजी सुन बिक्री हुँदै आएको पाइएको छ।

अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य घटेको छ। शुक्रबार सुन प्रतिऔंस १७५१.४३ डलर र चाँदी प्रतिऔंस २२.६५ डलर छ।
बिहीबार सुन प्रतिऔंस १७६३.३१ डलर र चाँदी प्रतिऔंस २२.६१ डलर थियो ।