मेगा बैंकका ग्राहकले कान्तिपुर अस्पतालमा १५ प्रतिशतसम्म छुट पाउने, एम्बुलेन्स सेवा निःशुल्क

बिजमाण्डू
२०७८ भदौ ३१ गते १२:०५ | Sep 16, 2021
मेगा बैंकका ग्राहकले कान्तिपुर अस्पतालमा १५ प्रतिशतसम्म छुट पाउने, एम्बुलेन्स सेवा निःशुल्क

काठमाडौं। मेगा बैंक नेपालका ग्राहकहरुलाई काठमाडौंको तीनकुनेमा रहेको कान्तिपुर अस्पतालले विशेष छुट दिने भएको छ। बैंक र कान्तिपुर अस्पतालबीच ग्राहकलाई अस्पतालले स्वास्थ्य उपचारमा विशेष छुट र प्राथमिकता दिने सम्झौता भएको हो।

Tata
GBIME
Nepal Life

सम्झौता अनुसार बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकहरुले कान्तिपुर अस्पतालमा जनरल बेड, क्याबिन र ल्याबमा १५ प्रतिशतसम्म छुट पाउनेछन् भने एम्बुलेन्स सेवा निःशुल्क पाउनेछन्।

आइसियू, एचसीयू, भेन्टिलेटर र औषधी खरिद गर्दा भने १० प्रतिशतसम्म छुट दिने अस्पतालले जनाएको छ। बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्तालाई शुल्यक्रिया गर्नुपरेमा विशेष छुट र कोभिडको पीसीआर परिक्षणमा २० प्रतिशतसम्म छुट दिने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।