सेयर बजारमा बजेट पास नहुँदाको असर: तरलता अभावले बजार निरन्तर ओरालो, करोबार पनि घट्यो

बिजमाण्डू
२०७८ भदौ ३० गते १५:२१ | Sep 15, 2021

काठमाडौं। सेयर बजार ४०.२६ अंकले घटेर २८८९ अंकमा आएको छ। तरलता अभावको चापले ब्याज दरमा दबाब पर्न थालेपछि सेयर बजार ओरालो लाग्न थालेको हो। यहीबीचमा राष्ट्र बैंकको सेयर धितो ऋणमा कडाइजस्ता बिषयले बजारलाई थप तल लैजान मद्दत गरेको थियो।

Tata
GBIME
Nepal Life

बजार घटेसँगै कारोबार रकममा पनि गिरावट आउन थालेको छ। बुधबार ५ अर्ब ३५ करोड रुपैयाँको सेयर किनबेच भएको छ। २२२ कम्पनीको सेयर कारोबार हुँदा १८ कम्पनीको मात्र मूल्य बढेको छ। 

पछिल्लो समय तरलता अभाव चर्किएर बैंकहरुले ऋण लगानीसमेत निरुत्साहित गर्न थालेका छन्। ऋणीहरुले पैसा पाउन पहिलेभन्दा बढि ब्याज तिर्नु पर्ने अवस्था आएको छ। बैंकहरुले असोज १ गतेबाट लागू हुने गरी भदौ मसान्त अर्थात बिहीबार निक्षेपको ब्याज बढाउँदैछन्।

अर्कोतिर बैंकहरु तरलता ब्यवस्थापनका लागि राष्ट्र बैंकसँग महँगोमा पैसा उठाउन बाध्य भइरहेका छन्। यहीबीचमा सरकारको बजेट पारित नभएर सबै खर्च रोकिएको छ। सरकारी खर्च रोकिँदा तरलताको अझ हाहाकार हुने छ। यसले ब्याज बृद्धिलाई उक्साउँछ।

बुधबार सबै उपसमूह घटेका छन्। बाणिज्य बैंक, बीमा, बिकास बैंक, लगानी र अन्य समूह घट्द समग्र बजार फराकिलो अन्तरले घटेको हो।