पर्यटक कुर्दै पोखराका पर्यटन व्यवसायी: सुनसान छ लेकसाइड क्षेत्र, हेर्नुस् तस्बिर समाचार

बिजमाण्डू
२०७८ साउन २१ गते ०८:५३ | Aug 5, 2021

पोखरा। कोरोना महामारीका कारण करिब दुई वर्षसम्म थलिएको पोखराको पर्यटन व्यवसाय बिस्तारै उठ्न खोज्दै छ। सरकारले स्वास्थ्य मापदण्ड अपनाउँदै व्यवसाय सञ्चालन गर्ने अनुमति प्रदान गरेपछि बन्द रहेका होटल र रेस्टुरेन्टका ताला खुलेका छन्।

Tata
GBIME
Nepal Life

ताला खुले पनि पोखरामा पर्यटकको चहलपहल भने न्यून देखिन्छ। कोरोनाको पहिलो लहरको सामना गरिसकेको पोखराको पर्यटनले यतिबेला दोस्रो लहरको सामना गरिरहेको छ।

पहिलो लहरपछि पोखराको पर्यटन व्यवसाय आन्तरिक पर्यटकले धानिने आशा थियो। व्यवसायीले राखेको आशालाई आन्तरिक पर्यटनले पनि यर्थाथमा परिणत गर्दै थियो।

पर्यटकको चहलपहल बढिरहेकै थियो। तर, अहिले कोरोनाको दोस्रो लहरपछि भने आन्तरिक पर्यटकको उपस्तिथि पनि न्यून देखिन्छ।

अन्य समय पर्यटकले भरिभराउ हुने लेकसाइडको सडक सुनसान छ। होटल र रेस्टुरेन्ट पर्यटकको प्रतीक्षामा बसिरहेका छन्।

सामान्य समयमा निकै भिडभाड हुने लेकसाइड फुट-ट्रयाकमा मानिसको कम उपस्थिति देखिन्छ।

पहिलो लहरपछि घुमघामका लागि पोखरेलीको राम्रो गन्तव्य बनिरहेको पामे र सेदि आसपासका क्षेत्रमा समेत पर्यटकको उपस्थित न्यून छ।