अर्थमन्त्री शर्मा र अमेरिकी राजदूतबीच भेट, थप कोभिड खोप सहयोग गर्ने अमेरिकाको प्रतिबद्धता

बिजमाण्डू
२०७८ साउन १२ गते १६:३२ | Jul 27, 2021
अर्थमन्त्री शर्मा र अमेरिकी राजदूतबीच भेट, थप कोभिड खोप सहयोग गर्ने अमेरिकाको प्रतिबद्धता

Tata
GBIME
Nepal Life

काठमाडौं ।  अर्थमन्त्री जनार्दन शर्मा र नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीबीच शिष्टाचार भेट भएको छ। भेटमा अर्थमन्त्री शर्मा र राजदूतबीच द्धिपक्षीय सहयोगको विषयमा छलफल भयो।  

भेटमा मन्त्री शर्माले कोभिडविरुद्धको खोप नेपालको पहिलो प्राथमिकताको विषय भएको भन्दै त्यसको आपूर्तिमा अमेरिकी सरकारबाट थप सहयोग र सहजीकरणको अपेक्षा गरेको बताए। मन्त्री शर्माले अमेरिकी सरकारको सहयोगमा नेपालमा संचालित परियोजनाहरुको कार्यान्वयनमा अनुगमन गरी तदारुकता दिन सरकारले ध्यान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे। 

भेटको क्रममा राजदूत बेरीले कोभिडविरुद्धको लडाइमा अमेरिका नेपालको साथमा रहेको बताए ।

७० वर्षदेखि अमेरिकाले नेपालको स्वास्थ्य र शिक्षाको क्षेत्रमा सहयोग गर्दै आएको प्रसंग उल्लेख गर्दै उनले आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।

कोभिडविरुद्धको खोप अभियानमा सघाउन अमेरिकाले १५ लाख डोज खोप प्रदान गरेको र आगामी दिनमा पनि आवश्यक सहयोग गर्नेतर्फ सकारात्मक रहेको राजदूत बेरीको भनाइ छ।