पब्लिक कम्पनी बनेसँगै नर्भिकमा नयाँ संचालक समिति, मेघा चौधरी प्रबन्ध सञ्चालकमा चयन

बिजमाण्डू
२०७८ साउन ८ गते १३:१८ | Jul 23, 2021


काठमाडौं। प्राइभेट लिमीटेडबाट पब्लिक लिमीटेड कम्पनीमा रुपान्तरण भएसँगै नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेजले सर्वसाधारणलाई सेयर जारी गर्ने भएको छ।

Tata
GBIME
Nepal Life

कम्पनीले नयाँ संचालक समितिको पनि चयन गरेको छ। यो समितिले सर्वसाधारणका लागि सेयर जारी गर्ने लगायतका निर्णयहरुलाई कार्यान्वयनमा लैजानेछ। 

नर्भिकको नवनियुक्त संचालक समितिको अध्यक्षमा राजेन्द्रबहादुर सिंह रहेका छन्। उनी यसअघि नर्भिकको कार्यकारी निर्देशकको रूपमा कार्यरत थिए। 

प्रबन्ध संचालकको रुपमा मेघा चौधरी चयन भएकी छन् भने संचालकहरुमा भूवनचन्द भट्ट, मनिषकुमार खेम्का र बिएलसी होल्डिङ्सबाट प्रतिनिधित्व गर्दै गजेन्द्र श्रेष्ठ चयन भएका छन्। 

स्वतन्त्र संचालकको रुपमा हरिहर शर्मा र नारायण बजाज चयन भएका छन्। कम्पनी सचिवमा सलुजा श्रेष्ठ नियुक्त भएकी छन्। 

संचालक समितिमा आमन्त्रितको रुपमा ५ जना नियुक्त गरिएको कम्पनी सचिव श्रेष्ठले जानकारी दिइन। 

उनकाअनुसार नर्भिकको संचालक समितिमा संरक्षक तथा रणनीतिक सल्लाहकारको रुपमा वसन्तकुमार चौधरी रहेका छन् भने सल्लाहकारहरुमा डा. मधु घिमिरे, डा. पंकज जलान, एम.डी. अग्रवाल रहेका छन्। संचालक समितिमा आमन्त्रितको रुपमा नर्भिकका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र समेत रहेका छन्।