सीताराम गोकुल मिल्स २५ वर्षमा, दही, पनिर, फ्लेबर मिल्क र लस्सी बजारमा ल्यायो

बिजमाण्डू
२०७८ असार ३१ गते १५:५८ | Jul 15, 2021
सीताराम गोकुल मिल्स २५ वर्षमा, दही, पनिर, फ्लेबर मिल्क र लस्सी बजारमा ल्यायो

Tata
GBIME
Nepal Life

काठमाडौं। सीताराम गोकुल मिल्सले बजार विविधिकरण गर्दै दही, पनिर, फ्लेबर मिल्क र लस्सी बजारमा ल्याएको छ। निजी क्षेत्रको राम्रो बजार हिस्सा ओगटेको यो उद्योगले अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय प्याकेजिङमा यी उत्पादन बजारमा ल्याएको हो।

उद्योगका प्रबन्ध निर्देशक सुमित केडियाले उपभोक्ताको माग अनुसार दूधका विभिन्न उत्पादन बजारमा ल्याएको बताए। ‘उद्योग स्थापना भएको २५ वर्ष पुगिसकेको छ।

यही अवसर पारेर हामीले दूधका विभिन्न उत्पादन बजारमा ल्याएका हौं,’ उनले बिजमाण्डूसँग भने, ‘हामीले अन्तर्राष्ट्रिय स्तरको प्लान्ट र उत्पादनको गुणस्तर जाँच्न उच्च स्तरको ल्याब समेत स्थापना गरेका छौं।’

उनले बहुराष्ट्रिय कम्पनीसँग प्रतिस्पर्धा गर्नका लागि गुणस्तर महत्वपूर्ण हुने भन्दै त्यही अनुसार उत्पादन ल्याएको जिकिर गरे। अहिले भाटभटेनी र बिगमार्टमा नयाँ उत्पादन पाइने उनले बताउँदै केही समयमा विस्तार गर्दै लगिने जानकारी दिए।