पार्टी प्यालेसलाई मदिरा कारोबारमा नयाँ व्यवस्था, इजाजत लिनुपर्ने, वार्षिक नवीकरण गर्नुपर्ने

बिजमाण्डू
२०७८ जेठ २१ गते १३:१३ | Jun 4, 2021
पार्टी प्यालेसलाई मदिरा कारोबारमा नयाँ व्यवस्था, इजाजत लिनुपर्ने, वार्षिक नवीकरण गर्नुपर्ने

Tata
GBIME
Nepal Life

काठमाडौं। सरकारले पार्टी प्यालेसलाई मदिरा कारोबार गर्न इजाजत लिनुपर्ने प्रावधान ल्याएको छ। आर्थिक वर्ष २०७८/७९को बजेटबाट मदिरा कारोबारमा इजाजत लिनुपर्ने प्रावधान ल्याएको हो। पार्टी प्यालेसले अन्त:शुल्क ऐन अनुसार  आन्तरिक राजस्व कार्यालयबाट इजाजत लिनुपर्नेछ।

यसअघि रिसोर्ट र रेष्टुरेन्टलाई मात्रै मदिरा कारोबारमा  इजाजत लिनुपर्ने व्यवस्था थियो। यसअघि पार्टी प्यालेसले मदिराको कारोबार गर्दा इजाजत लिनुपर्दैन्थ्यो। देशभर सात हजार पार्टी प्यालेस छन्।

ती सबै पार्टी प्यालेसले इजाजत लिएर कारोबार गर्नुपर्छ। पार्टी प्यालेसले मदिरा कारोबारको इजाजत लिँदा त्यसले करमा समेत सकारात्मक प्रभाव पर्छ। पार्टी प्यालेसले वार्षिक नवीकरण समेत गर्नुपर्नेछ।