रिस्क टेकर शिवाज, लकडाउनपछि ६० करोडको डिल, अम्बे बन्दैछ धेरै मुनाफा गर्ने स्टील कम्पनी

उन्नत सापकोटा/बिजमाण्डू
२०७८ बैशाख १४ गते १२:५३ | Apr 27, 2021
रिस्क टेकर शिवाज, लकडाउनपछि ६० करोडको डिल, अम्बे बन्दैछ धेरै मुनाफा गर्ने स्टील कम्पनी

Tata
GBIME
Nepal Life

काठमाडौं। स्टील उद्योग विश्वमै जोखिमको व्यवसाय हो। अन्तर्राष्ट्रिय बजारमा हुने सामान्य घटबढले पनि एक निमेषमा करोडौ नोक्सानी हुने गर्छ। विश्वमै ‘टफ’ मानिएको यो व्यवसायसँग सम्वन्धित मुलुकभित्र दुई दर्जन उद्योग छ।

दुई दर्जन उद्योगको लिड अधिकांश पहिलो पुस्ताले गरिरहेको छ। कारण हो-‘अन्तर्राष्ट्रिय बजारबाट आयात गर्नुपर्ने मुख्य कच्चा पदार्थ विलेटको घटबढको रिस्क।’ डन्डी उत्पादनमा ९० प्रतिशत यही कच्चा पदार्थको मूल्यमा निर्भर रहने भएकाले जोखिम पहिलो पुस्ताले लिइरहेको हो। पहिलो पुस्ताले विलेटको कच्चा पदार्थ खरीद गर्ने र युवापुस्ताले उद्योग तथा ब्राण्डिङ लगायतका कम जोखिमका काम हेर्ने गरेका छन्।

तर अम्बे स्टीलमा भने ३० नकटेका शिवाज न्यौपानेले बिलेट खरीद गरिरहेका छन्। अम्बे समूह अन्तर्गत भैरहवामा अम्बे र नेपालगंजमा जय अम्बे दुई स्टील उद्योग छन्। ती उद्योगका लागि आवश्यक कच्चा पदार्थ(विलेट) उनैले किन्ने गरेका छन्। ‘अन्तर्राष्ट्रिय बजारबाट विलेट किन्नु साह्रै जोखिमको काम हो। अहिले पनि धेरैजसो उद्योगमा हजुरबुबा(सबैभन्दा सिनियर)ले यो काम गर्दै हुनुहुन्छ,’ उनले कुराकानी सुरु गर्दै भने, ‘मैले भने यही जोखिम लिन चाहेर लिड गरेको हुँ। जोखिमकै काम गर्दा धेरै कुरा सिकिन्छ।’

अम्बे समूहका निर्देशक शिवाज स्टील उद्योगमा छिरेको पाँच वर्ष पनि पुगेको छैन्। भारतमा स्कुल र अमेरिकामा उच्च शिक्षा हासिल गरेर आएका उनले पाँच वर्ष अघि अम्बे स्टीलको भैरहवा फ्याक्ट्री हेर्न थालेका थिए। भैरहवामा रहँदा आफ्नो घर हुँदा हुँदै उनले उद्योग भित्रै फ्ल्याट तयार पारेर त्यहीँ बसे। अम्बे स्टीलको उद्योग भित्रै घर जमाएका शिवाजले चार महिना त्यहाँ बस्दा व्यवसायका धेरै पाना पल्टाउने अवसर पाए।

उनले उद्योगभित्रका कर्मचारीको कन्फिडेन्स बुझे। शिवाजको काम देखेकै कारण उनका बुबा हरि न्यौपानेले नेपालगंजमा निर्माणाधिन जय अम्बे स्टील हेर्ने जिम्मा दिए। उनले त्यो बेलामा मेसिनरी वाहेकका ‘ग्राउण्ड वर्क’का सबै काम गरे। कोरोना संक्रमण नियन्त्रणका लागि लगाइएको लकडाउनको बीचमा पनि शिवाजले नेपालगंजको फ्याक्ट्री तयार पारे र उत्पादन सुरु भयो। नेपालगंजको फ्याक्ट्रीबाट दैनिक ८ सय टन डन्डी उत्पादन सुरु भयो।

६० करोडको त्यो रिस्क!

लकडाउन खुलेपछि भारतमा बिलेटको भाउ पाँच सय अमेरिकी डलर पुग्यो। त्यो समयमा बजारमा बिलेटको भाउ निकै आकासिने हल्ला फैलियो। डन्डी उत्पादकहरुले थोरै थोरै परिमाणमा भारतबाट बिलेट भित्र्याएका थिए।

त्यही बेला उनले पाँच सयदेखि पाँच सय १० डलरको भाउ चल्दा पाँच र्याक करिब ६० करोड रुपैयाँ हाराहारी (एक र्याकको मूल्य १० देखि १२ करोड रुपैयाँ पर्छ) बिलेट खरी गर्ने जोखिम लिए।

'बुवालाई पनि नसोधी पाँच सय डलर हाराहारीमा बिलेट किन्ने निधो गरें। अर्डर दिए पछि नेपालगन्जबाट बुवालाई मेसेज पठाए। बुबाले डोन्ट बाइ एनि मोर भन्दै मेसेज पठाउनु भयो,' शिवाज भन्छन्।

६० करोड मूल्य पर्ने बिलेटको दाम घटेको भए कम्पनीलाई ठूलो क्षति पुग्ने हेक्का राखेका न्यौपाने आफुले रिस्क लिएकै कारण आज अम्बेलाई ठूलो फाइदा भएको बताउँछन्। ‘अन्तर्राष्ट्रिय बजारबाट विलेट किन्दा रिस्क लिनैपर्छ। मैले त्यो बेलामा त्यो जोखिम नलिएको भए कसरी फाइदा हुन्थ्यो,’ उनी भन्छन्, ‘जोखिम भएकैले सुरुमै डन्डी उद्योगमा संलग्न भएको हो।’ समूह अन्तर्गत मोबाइल, रियल स्टेट र नुडल्स लगायतका उद्योग पनि छ।

अहिले आफुले हप्तैपिच्छे अम्बे स्टील्सका लागि १० देखि १२ करोड रुपैयाँको सामान खरिद गर्ने गरेको उनले बताए। यो औसतमा दैनिक दुई करोड रुपैयाँ हाराहारी हुन्छ। बुवाले  सानै उमेरमा किन जिम्मेवारी दिएको होला भन्ने धेरैलाई लाग्न सक्ने बताउँदै न्यौपानेले समयानुक्रमअनुसार अनुभव बटुल्दै र केही गल्ती भए महशुस हुने उनले बताए। शिवाजले बिलेट किन्नुअघि १०-१२ जना बिलेट व्यापारीसँग छलफल गर्दा बिलेटको मूल्य आगामी दिनमा बढ्छ भन्ने एकिन थियो।

माइनिङबाट उत्खनन गरिएका आइरनको मूल्य पनि बढिसकेको त्यो समयमा बिलेटको दाम बढ्ने देखेरै ठूलो मात्रामा एकैपटक खरिद गरेको उनले बताए। न्यौपानेको आत्मविश्वाससँगै उनले बिलेट खरिदमा ठूलो जोखिम मोलेको सहजै अनुमान लगाउन सकिन्छ।

ब्राण्डिङमा आक्रमक

विलेट किनेर कन्फिडेन्स बटुलेका शिवाजले ब्राण्डिङमा ध्यान दिन थाले। दैनिक १४ सय टन डन्डी उत्पादन गर्ने समूहले ब्राण्डिङमा ध्यान नदिए सफलता हात नपर्ने निष्कर्षमा उनी पुगे।

उनको निष्कर्ष थियो-‘देशकै अग्रणी स्टील कम्पनी बन्ने लक्ष्यसहित उत्पादन क्षमता र बजार विस्तार गरिरहेको अम्बेलाई अब सानोतिनो ब्राण्डिङले हुँदैन।’ 'कुनै समय तीन/चार सय टन स्टील उत्पादन गर्ने कम्पनी अब अम्बे होइन, नेपालकै ठूलो स्टील कम्पनीको रुपमा उदाउँदै छौं। अनि मार्केटिङ र ब्राण्डिङ पनि तीन/चार सय टनको जस्तो त गर्नु भएन नि! टप कम्पनीको रुपमा आफुलाई प्रस्तुत गर्नुपर्छ,' न्यौपानेले भने।

कम्पनीले राम्रो ब्राण्डिङ गरेन भने उत्पादन बिक्री नभएर कम्पनी घाटामा जान सक्ने अवस्था आँकलन गर्दै वार्षिक ठूलो बजेट खर्च गरिरहेको उनले बताए। आफुले कम्पनी सम्हालेको सुरुआती समयमा विज्ञापनको प्रत्यक्ष प्रभाव नदेखिए पनि अहिले त्यसको सकारात्मक प्रभाव निकै देखिँदै गएको उनी बताउँछन्। उनले लिएको रणनीति यसमा पनि सकारात्मक देखियो।

काठमाडौं उपत्यकालाई लक्षित गर्दै गरिएको ब्राण्डिङका कारण डन्डीको बिक्री दर उकालो लाग्यो। यसअघि भक्तपुरमा एक गाडी डन्डी पनि नजाने गरेकोमा अहिले बढ्दै गएको उनले बताए। ब्राण्डिङ र गुणस्तरका कारण अम्बेको डन्डी केही महँगो भएपनि उपभोक्ताहरुले खरिद गर्ने गरेको दाबी न्यौपानेको छ।

लक्ष्य 'मोस्ट प्रोफिटेबल' स्टील कम्पनी

शिवाज कुनै पनि काम गर्दा टार्गेट सेट गर्छन्। त्यही टार्गेट अनुसार आफ्नो कामलाई प्रभावकारी रुपमा अगाडि बढाउँछन्। मंसिर ४ गतेभित्र शिवाजले अम्बे स्टीललाई मस्ट प्रफिटेबल(धेरै नाफा) स्टील कम्पनी बनाउने टार्गेट लिएका छन्।

त्यो लक्ष्य पूरा गर्न चुनौती धेरै छन् तर असम्भव भने उनी देख्दैनन्। अरु स्टील कम्पनीहरुको ब्राण्डिङ गर्ने पैसा जोगाउने, सकेसम्म प्रोफिट मार्जिन बढी राख्न खोज्ने गरेका छन् तर अम्बे स्टील्सले ठ्याक्कै उल्टो रणनीति लिएको न्यौपानेले बताए।

विज्ञापन धेरै गर्ने, ग्राहक आफैंले अम्बे स्टील माग्ने अवस्था सिर्जना गरी क्वान्टिटीमा डन्डी बेच्ने रणनीतिका कारण मंसिर ४ को लक्ष्य भेट्न सकिने जिकिर न्यौपानेको छ। उपभोक्ताको रोजाइको ब्राण्ड बनेपछि अरु कम्पनीले होलसेलर वा रिटेलरलाई बढी कमिसन दिएपनि आफ्नो प्रडक्ट बिक्री हुने दाबी कम्पनीको छ।

सपना ग्लोबल

अम्बे स्टील्सलाई सबैभन्दा धेरै नाफाआर्जन गर्ने स्टील कम्पनी बनाएपछि के गर्ने?

उनी सहज रुपमा उत्तर दिन्छन् –‘ग्लोबल स्तरमा प्रतिस्पर्धा गर्ने।’ शिवाजका लागि यो लक्ष्यपछि नेपालमा गर्ने विजनेश छैन। ‘स्टील उद्योगलाई उचाइमा पुर्‍याएपछि मेरा लागि नेपालको विजनेश साँघुरो हुन्छ,’ उनले भने-‘वाहिर बसेर ठूलो दायरामा व्यवसाय गर्छु।’

अम्बे ग्रुपअन्तर्गत अन्य विभिन्न प्रडक्टहरु भएपनि डन्डीको व्यापारमा जस्तो रमाइलो र दिमाग खियाउने स्पेस अरु नभएको बताए। अरु प्रडक्टहरुमा साझेदारहरु धेरै भएकाले आफ्नो शैली र रणनीतिअनुसार काम गर्न नसकिने बताए।