भारतमा निशान म्यागनाइटको बढ्दो माग, सार्वजनिक भएको चार महिनामै ५० हजार बुकिङ 

बिजमाण्डू
२०७८ बैशाख ६ गते १३:१७ | Apr 19, 2021
भारतमा निशान म्यागनाइटको बढ्दो माग, सार्वजनिक भएको चार महिनामै ५० हजार बुकिङ 

Tata
GBIME
Nepal Life

एजेन्सी। भारतमा सार्वजनिक भएको चार महिनामै निशान 'म्यागनाइट' ले ५० हजार वटा बुकिङ लिन सफल भएको छ। प्रतिष्पर्धी एसयुभीका मोडलहरुमध्ये सस्तो भएका कारण भारतीय बजारमा यो रोजाइमा परेको हो।

गत डिसेम्बरमा सार्वजनिक भएको यो सब-क्प्याक्ट एसयुभीको माग अत्यधिक आइरहेको कम्पनीले जनाएको छ। टर्बो पेट्रोल इन्जिन र इलेक्ट्रोनिक ट्रान्समिसन लगायत दुई किसिमका गाडीको मूल्य नै तुलनात्मक हिसाबले सस्तो भएका कारण ग्राहकको माग बढेको कम्पनीको मार्केटिङ डिभिजनले जनाएको हो।   

'५० हजार वटा बुकिङ आउनु भनेको ग्राहक वर्गले हामीप्रति देखाउनु भएको विश्वासको प्रमाण हो,' कम्पनीका प्रबन्ध निर्देशक राकेश श्रीवास्तवल भने। उनका अनुसार लिइएका बुकिङमध्ये १० प्रतिशत अनलाइनमार्फत आएका हुन। बुकिङअनुसार ग्राहकलाई गाडी उपलब्ध गराउँदै गएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार म्यागनाइटकै लागि हालसम्म पौने तीन लाख वटा इन्क्वाइरी आइसकेको छ। भारतमा हालसम्म निसानले सार्वजनिक गरेका गाडीहरुमध्ये म्यागनाइट बढी बिक्री हुने संकेत देखिएको छ। 

म्यागनाइटको १५ प्रतिशत बुकिङ अटोमेटिक ट्रान्समिसनका लागि आएको र ६० प्रतिशत एक्स-भी र एक्स-भी प्रिमियमका लागि आएको कम्पनीले जनाएको छ। ८७ वर्ष पुरानो जापानी मोटर कम्पनी निसान सन् २००५ मा सहायक कम्पनी खोलेर भारतीय बजारमा आएको हो। कम्पनीको सवारी कारखाना चेन्नईमा छ। सन् २०१९ मा ल्याएको 'किक्स' पछि म्यागनाइटको उत्पादन भारतकै प्लान्टबाट भइरहेको छ।