सिएनआईले चेम्बरका नयाँ पदाधिकारीलाई स्वागत गर्‍यो, लकडाउन नगर्न सरकारसँग माग

बिजमाण्डू
२०७८ बैशाख १ गते १४:४५ | Apr 14, 2021
सिएनआईले चेम्बरका नयाँ पदाधिकारीलाई स्वागत गर्‍यो, लकडाउन नगर्न सरकारसँग माग

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल उद्योग परिसंघले नेपाल चेम्बर अफ कमर्शको नवनिर्वाचित पदाधिकारीलाई स्वागत गरेको छ।

परिसंघले मंगलबार नयाँ पदाधिकारीलाई स्वागत गरेको हो। छलफलमा उनीहरुले कोभिड नियन्त्रणका लागि लकडाउनको विकल्प नखोज्न आग्रह गरेका छन्। छलफलमा संघका अध्यक्ष अध्यक्ष सतिशकुमार मोरले विगतमा पनि धेरै क्षेत्रहरुमा नेपालका निजी क्षेत्रका संस्थाहरुले सहकार्य गर्दै आएको र आगामी दिनमा पनि यसको आवश्यकता र महत्व झन बढ्दै गएको बताए।

अध्यक्ष मोरले कोभिडको पहिलो लहरमा नेपालको निजी क्षेत्र एक भई अर्थतन्त्रलाई बचाई राख्न सरकारलाई संयुक्त सुझावहरु दिएको बताउँदै पहिलेको कोभिडबाट पाठ सिकेर दोस्रो कोभिडको लहरलाई पनि सरकारले तोकेका सुरक्षा मापदण्डलाई पालना गरी उद्योग व्यवसायलाई निरन्तर संचालनमा ल्याउनुपर्ने बताए। मोरले निजी क्षेत्रलाई पनि खोप आयात गर्न दिनुपर्ने बताउँदै उद्योगका कामदारलाई आवश्यक खोप खरीदको व्यवस्था गर्न माग गरे।

चेम्बर अध्यक्ष राजेन्द्र मल्लले परिसंघसँगको सहकार्यलाई निरन्तरता दिने बताउँदै आगामी दिनमा समेत संयुक्त एजेण्डा बनाएर अगाडि बढ्नुपर्ने बताए। उनले थाहै नभइ मूल्यवृद्धि हुने गरेको बताउँदै सेयर ब्रोकरको जस्तै जग्गा कारोबारमा लाइसेन्स दिनुपर्ने बताए।

छलफलमा परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवालले लकडाउन अहिलेको विकल्प नभएको बताए। चेम्बरका वरिष्ठ उपाध्यक्ष कमलेशकुमार अग्रवालले लकडाउन अन्तिम अस्त्र भएकोले सरकारले आमनागरिकलाई कुनै सुविधा प्रदान गर्न नसक्ने अवस्था सृजना भएमा मात्र लकडाउनको अवस्था आउने बताए।

कार्यक्रममा परिसंघको तर्फबाट उपाध्यक्ष सुलभ अग्रवाल, राजेशकुमार अग्रवाल र वीरेन्द्रराज पाण्डेको उपस्थिति थियो। चेम्बरको तर्फबाट उपाध्यक्षहरु दीपककुमार मल्होत्रा, सुरेन्द्र कुमार श्रेष्ठ, दीपक श्रेष्ठ, त्रिभुवनधर तुलाधर र उर्मिला श्रेष्ठको उपस्थिति थियो।