हाथवे इन्भेष्टमेन्टले सात महिनामा गर्‍यो एक अर्ब ३० करोड रुपैयाँको कारोबार, लकडाउनपछि रिकभर

बिजमाण्डू
२०७७ चैत्र ३१ गते १०:३६ | Apr 13, 2021
हाथवे इन्भेष्टमेन्टले सात महिनामा गर्‍यो एक अर्ब ३० करोड रुपैयाँको कारोबार, लकडाउनपछि रिकभर

Tata
GBIME
Nepal Life

काठमाडौं। सेयर कारोबार, रियल इस्टेटसहित अन्य क्षेत्रमा लगानी गर्दै आएको हाथवे इन्भेष्टमेन्ट नेपालले सात महिनामा एक अर्ब ३० करोड रुपैयाँ हाराहारी कारोबार गरेको छ।

हाथवेले साना तथा मझौला कम्पनीहरुलाई इक्विटी फन्ड उपलब्ध गराउँदै आएको छ। सन् २०२० मा ९८ करोड रुपैयाँ र २०१९ मा ६९ करोड रुपैयाँ कारोबार गरेको हाथवेले २०२१ मा भने कारोबार संख्या बढाएको रेटिङ एजेन्सी इक्रा नेपालले जनाएको छ। 

कारोना महामारी नियन्त्रणका गर्न भन्दै सरकारले लगाएको लकडाउन र निषेधाज्ञामा सेयर कारोबार बन्द हुँदा कम्पनीको कारोबारसँगै तरलतामा असर पुग्ने इक्रा नेपालले जनाएको छ। सेयर कारोबार बन्द हुँदा पारेको असरलाई कम्पनीले जनजीवन सहज हुँदा भने रिकभर गर्दै लगेको इक्रा नेपालले जनाएको छ।

यस्तै, कम्पनीले ७० करोड रुपैयाँको ऋण लिन गराएको रेटिङमा इक्रा नेपालले ए३ रेटिङ दिएको छ।  सन् २०११ बाट सञ्चालनमा आएको हाथवेमा आइएमई ग्रुपका हेमराज ढकालको ३०.१%, एसआर हाइड्रो एण्ड इन्भेष्टमेन्ट प्रालिको २८.१%, व्यवसायी अम्बिकाप्रसाद पौडेलको ९.२% र निमिसा इन्भेष्टमेन्ट प्रालिको ५.७% सेयर स्वामित्व छ। बाँकी सेयर अन्य ३२ जना लगानीकर्ताहरुको छ।